नेपालीहरूको महान् चाड दशैं घरआँगनमा भित्रिइसकेको छ । दशैंका चाडपर्वमात्र होइन, यसका विविध आयाम छन् । बहुलवादलाई स्वीकारिको वर्तमान समाजमा दशैं पनि बहुलताकै एउटा चिनारी बन्दै गएको छ । यो धार्मिकभन्दा बढी सांस्कृतिक र सांस्कृतिक भन्दा बढी आर्थिक चाडपर्व बन्दै गएको छ जसको सम्बन्ध अर्थतन्त्रसँग झनै बलियो हुँदै गएको छ । उपभोक्तावादलाई नै मलजल गर्ने यो पर्वसँग उत्पादनलाई जोड्न नसक्दा स्वदेशी अर्थतन्त्रले राम्रो लाभ लिन भने सकेको छैन ।
आढम्बर र देखासिकी गरेर आम्दानीले धान्नेभन्दा बढी खर्च गर्न थालियो भने पारिवारिक बजेट समस्यामा पर्छ । यही ध्यानमा राखेर चाडपर्व मनाऔं ।
मिठो खाने, मसिनो लगाउने र परस्परमा आशीर्वाद ग्रहण गर्ने परम्परा बोकेको यस चाड पर्वले शहरमा बसोवास र कमाइ गर्ने ठूलो जनसंख्यालाई गाउँ पुर्याउने गरेको छ । यसले आयको वितरणमा पनि सहयोग गर्छ । साथै, गाउँघरमा राजनीतिक, सामाजिक र आर्थिक सचेतनता ल्याउन पनि सहयोग गर्छ । यद्यपि नेपालको ठूलो गाउँले समाज अहिले सूचनाप्रविधिको जालोमा बाँधिइसकेको छ । त्यसो हुँदा मुलुकको राजनीतिक र आर्थिक गतिविधिबारे गाउँका मानिसहरूमा पर्याप्त चेतना फैलिएको पनि पाइन्छ । गाउँ अर्थतन्त्रको महत्त्वपूर्ण अंश हो । कृषि प्रमुख क्षेत्र बनेको नेपाली अर्थतन्त्रमा गाउँको उत्पादनले विशेष अर्थ राख्छ । गाउँबाट शहरतिर लाग्ने प्रवृत्तिले जनसांख्यिकी परिवर्तन ल्याई गाउँ विस्तारै उत्पादनभन्दा पनि उपभोगतिर लाग्न थालेको समेत पाइन्छ । त्यसैले ग्रामीण भेगमा पनि उपभोग्य वस्तुहरूका ठूला बजार पाइन्छन् र व्यापारी तथा व्यवसायीहरूले यो बजारतर्फ आँखा लगाउन थालेको पनि पाइन्छ ।
कोभिड–१९ का कारण विगतको दशैं घरभित्र नै सीमित हुन पुगेको थियो भने यस वर्ष उत्साहका साथ यो पर्व मनाइँदै छ । यद्यपि आय गुमेका र आय घटेकाहरूका लागि भने विगतका जस्तो उल्लासपूर्ण छैन । अहिले बजारमा देखिएका भीडभाड र किनमेलले दशैंको रौनक देखाएको छ । त्यस्ते घर फर्किनेहरूको चाप र घुमघामका लागि गरिएको तयारीले पनि दशैंको रौनक बढेकै देखाउँछ ।
दशैं अर्थतन्त्रलाई चलायमान बनाउने समय हो । एक अनुमानअनुसार कुल अर्थतन्त्रको २० प्रतिशतभन्दा बढी आर्थिक गतिविधि दशैंमा हुन्छ । कतिपय व्यवसायीले त वार्षिक कारोबारको झन्डै ३० प्रतिशत कारोबार दशैंमा नै गर्ने गरेको पाइन्छ । त्यही भएर दशैं बजार विस्तारको ठूलो अवसर हो । यही अवसर छोपेर उत्पादक तथा वितरकहरूले ठूला ठूला स्किम ल्याउने गरेका छन् । गाडीदेखि दैनिक उपभोग्य वस्तुसम्ममा यस्तो स्किम ल्याएको पाइन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एकै दिन १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । तिब्बतबाट च्यांग्रा नआए पनि नेपाली च्यांग्राले राम्रै बजार पाएको छ । टिभी, फ्रीजलगायत घरेलु उपकरण जोड्ने अवसर पनि दशैं नै बन्न थालेको छ ।
यसरी दशैंमा ठूलो रकम उपभोगका लागि खर्च हुने गरेको छ । यसरी किनबेच हुने वस्तु अत्यधिक विदेशी उत्पादन नै छन् । ठूला व्यापारिक घरानाहरू पनि उत्पादनमा भन्दा व्यापारमै रमाउने गरेको हुँदा दशैले अर्थतन्त्रलाई जति चलायमान गराउँछ त्यसको अनुपातमा आर्थिक वृद्धिदरमा भने कमै योगदान दिन्छ । दशैंकै कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेको छ । त्यसैले उत्पादन वृद्धि गराउन सके दशैले आर्थिक वृद्धिमा निकै ठूलो टेवा दिन सक्छ ।
चाडपर्वको मूल सम्बन्ध भने आर्थिक नभएर सामाजिक र मनोरञ्जनसँग नै बढी गाँसिएको हुन्छ । नेपालभित्रका विविध समुदायले दशैंलाई आआफ्नै तरीकाले मनाउने गरेको पाइन्छ । जात, भूगोल, परम्परा आदिले यसमा विविधता पाइए पनि यसको सामाजिक महत्त्व भने उस्तै रहेको छ । त्यसैले औकात र आय हेरेर दशै मनाउन आवश्यक छ । आढम्बर र देखासिकी गरेर आम्दानीले धान्नेभन्दा बढी खर्च गर्न थालियो भने पारिवारिक बजेट समस्यामा पर्छ । यही ध्यानमा राखेर चाडपर्व मनाऔं । दशैं आनन्द र उल्लासको पर्व बनोस् सद्भाव र सामाजिक एकताको पर्व बनोस् । सबैमा शुभकामना ।
दाङ– घरघरमा व्यापारी डुल्थे। दसैँका लागि खसीबोका खोज्थे। आफै मूल्य गर्थे। खसीबोकाको यस्तो कारोबारले किसानले कम मूल्य पाउने समस्या थियो। तर केही वर्षदेखि किसानले जिउँदो खसीबोका तौल गरेर बिक्री वितरण गर्न थालेका छन्। लमही नगरपालिका–१ निवासी वसन्त अधिकारीले यो दसैँमा १० वटा खसीबोका निलकमल सामाजिक उद्यमी महिला सहकारीमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई बिक्री गरे। […]
काठमाडौंको कलंकीस्थित खसीबजारमा बुधवार अपरान्ह खसीबोका विक्री गर्न बसेका व्यापारी । निषेधाज्ञाको कारण जिउँदो खसीबोका प्रतिकिलो ६०० देखि ६५० रुपैयाँसम्म बजार भाउ निर्धारण हुँदा पनि व्यापार नभएपछि जीविका चलाउन समस्या भएको व्यापारी सिताराम कार्कीले बताए । तस्वीर : प्रकाश केसी /आर्थिक अभियान