काठमाडौं : तामाङ जातिको कथा समेटिएको नाटक ‘मासिन्या’ माघको दोस्रो सातादेखि मञ्चन हुने भएको छ। काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक मञ्चन हुने भएको हो। लेखक राजु स्याङ्तानका अनुसार अहिले अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा जारी नाटकको रिहर्सल अन्तिम चरणमा पुगेको छ।नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। राज्यसत्ताबाट तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ । नाटकको कथालाई कवि राबत,