डोटी – उच्च अदालत दिपायल राजपुरले कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई जातीय विभेद हुने गरी गाली गर्ने एक व्यक्तिलाई दुई महिना कैद सजाय सुनाएको छ ।
कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेले सामाजिक सञ्जालमा जातीय विभेद हुने गाली दिएको भन्दै उच्च अदालतले दुई महिना कैद सजाय सुनाएको हो । उच्च अदालत दिपायलका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको संयुक्त इजलासले प्रतिवादीले अदालतसमक्ष गल्ती महसुस गरेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम सजाय गर्दासमेत न्यायको मकसद पूरा हुने ...