फागुन ३०, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज (सोमवार) देखि विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय बनेपा–५ काभ्रेपलाञ्चोकमा आफूले खरीद गर्ने शेयर कित्ताको विवरण खलाई निवेदन दिन कम्पनीले अनुरोध गरेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसेकेमा यो शेयर प्रचलित नियम अनुसार अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत कम्पनीले जानकारी दिएको छ ।