स्वरोजगार लघुवित्तको साधारण सभा सम्पन्न , लाभांश सहित यी प्रस्ताव पारित

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शनिवार नेपाल हाउस हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो ।  सभाले ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।  त्यस्तै सभाले सर्वसाधारणमा एफपीओ निष्कासन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको आधारमा फागुन १० गते सम्म कायम शेयरधनीले लाभांश पाउनयोग्य भएका छन् ।   

सम्बन्धित सामग्री

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई लाभांश वितरणका लागि गरेको प्रस्ताव पारित भएको छ । कम्पनीको मर्जरपछिको पहिलो साधारणसभाका रूपमा रहेको ३०औँ वार्षिक साधारणसभाले लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।  कम्पनीको हाल कायम...

गरिमा विकास बैंकको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिन गरेको प्रस्ताव पारित भएको छ । बैंकको आइतबार बसेको सत्रौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयर सदस्यका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २७औँ साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहितको आठ दशमलव २५ प्रतिशत लाभांश पारित...

कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

कुमारी बैंकले आफ्ना शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा हालै बसेको २२औँ वार्षिक साधारणसभाले कर प्रयोजनसहित उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

गरिमा क्यापिटलको १५.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

गरिमा क्यापिटलको १५.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको हालै सम्पन्न छैटौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

नेपाल लाइफको लाभांश पारित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको लाभांश वितरण प्रस्ताव पारित भएको छ । कम्पनीको २१औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि शून्य दशमलव ७३६८...

एनसीसी बैंकको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सञ्चालक समितिले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंकको २९ पुसमा सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

आइसिएफसी फाइनान्सको १४ प्रतिशत लाभांश पारित

आइसिएफसी फाइनान्स लिमिटेडले प्रस्ताव गरेको सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ । फाइनान्सको १८औँ साधारणसभाले १० प्रतिशत बोनस सेयर तथा चार प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतले पारित...

एनआईबीएलका सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) को १५ औं साधारणसभाबाट सेयरधनीहरूलाई कूल १६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाले १२.६११ प्रतिशत बोनस सेयर र चुक्ता पूँजीको ३.३८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा साधारणसभा आज (शुक्रबार) सम्पन्न भएको बैंकले जानकारी दिएको छ । साधारणसभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूबारे छलफल

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । इन्स्योरेन्सको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभाले चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस शेयर र ३.७८९४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।कम्पनीका अध्यक्ष रतन लाल केडियाले वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्दै आर्थिक वर्ष २०७६÷०७७ मा १ अर्ब ९६ करोड […]