रुकुम पश्चिम त्रिवेणी–१ मा माओवादीका बागी उम्मेदवार निर्वाचित

रुकुम (पूर्व) : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ मा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका सुन्दर ओली अध्यक्षमा निर्वाचित भएका छन्। माओवादी केन्द्रकै लक्ष्मण ओलीलाई पराजित गर्दै सुन्दर निर्वाचित भएका हुन्।उक्त वडामा बागी उम्मेदवार रहेका सुन्दरले माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण र कांग्रेसका उम्मेदवार मुस्कान ओलीसँग प्रतिस्पर्धा गरेका थिए। सुन्दरले ५ सय ७७ मत ल्याएका छन् भने लक्ष्मणको पक्षमा ४ सय १७ मत आएको छ।अरु ४ सदस्यमा पनि बागी तर्फकै उम्मेदवार निर्वाचित भएका छन्।सदस्यमा कमला ब

सम्बन्धित सामग्री

माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते

रुकुम पश्चिम । माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबिच झडप हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् […]