अर्ध तयारी उद्योगको विकल्पमा स्थापना भएको सुनसरी दुहबीको स्वस्तिक रोलिङ मिलले आफ्नो उत्पादन सुरु गरेको छ । कच्चा पदार्थमा आधारित उक्त उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालेको हो । उक्त मिलले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, चयानल र आई बिमको उत्पादन सुरु गरेको हो । बिलेट, एङ्गल, च्यानल र आइ बिम उत्पादन गर्दै आएको रोलिङ मिलका निर्देशक रमेश राठीले अब यी उत्पादनमा नेपाल आत्मनिर्भर भएको बताए । उद्योगी राठीका अनुसार धेरै प्रकारका एङ्गल र च्यानल नेप