संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहल गरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो । मुटुका बिरामीहरुको शल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भिरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जयपुरी घर्तीले बत