काठमाडौं । एलजीले नयाँ वर्ष २०८० लाई लक्षित गरेर एलजीका कुनै पनि सामानको खरीदमा क्यासब्याक र पक्का उपहार अभियान सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नेपालका लागि एलजीको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरीदमा ३५ प्रतिशतसम्म क्यासब्याक र उपहार पाइने जानकारी दिएको छ । योजनामा एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वायरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरीदमा ग्राहकले ३५ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै विभिन्न रेफ्रिजेरेटरको खरीदमा ओभन, मिक्स्चर, फ्यान लगायत उपहार पाइने बताइएको छ । त्यस्तै, एयर सलुसनतर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ क्यासेट एयर कन्डिसनरको खरीदमा ग्राहकले क्रमश: रू. ४ हजार र ५ हजारको नि:शुल्क इन्स्टलेसन सुविधा पाउनेछन् ।