‘होण्डा मनसुन एक्सचेन्ज’ उपहार योजना सार्वजनिक, यस्ता छन् विशेषता

होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक उपहार योजना ल्याएको छ ।  प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा रु. ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा रु. ४ हजार सम्मको क्यासब्याक पनि हात पार्न सकिने कम्पनीले जनाएको छ । यस्तै फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ । योजना २०७९ असार ५ गते देखि असार १० गतेसम्म मात्रै लागू  हुनेछ । यस योजना अन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सह

सम्बन्धित सामग्री

स्वराज कम्पनीले ल्यायो ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर बजारमा

असोज २२, पोखरा । ट्रयाक्टर उत्पादक स्वराज कम्पनीले ९६३ एफई मोडेलको फोर ह्विल ट्रयाक्टर नेपाली बजारमा ल्याएको छ ।   कम्पनीले गण्डकी प्रदेशको पोखरामा शुक्रवार सो ट्रयाक्टर लन्च गरेको हो ।  स्वराज ट्रयाक्टरको आधिकारिक वितरक ओम्नी अटो मोबाइलले आयोजना गरेको समारोहमा स्वराजका नेपाल प्रमुख मनोज दल्भी, ओम्नी अटोमोबाइलका प्रबन्ध निर्देशक सन्दीप मोहता र ट्रयाक्टर एशोसिएशन पोखराका अध्यक्ष प्रेमबहादुर थापाले ट्याक्टरको औपचारिक रुपमा विक्री कक्षको उद्घाटन गरेका हुन् ।  यसअघि नेपालमा विभिन्न मोडेलका ट्रयाक्टर विक्री गर्दै आएको कम्पनीले फोर ह्विल ट्रयाक्टर पहिलो पटक भित्र्याएको ओम्नी अटो मोबाइलका प्रबन्ध निर्देशक मोहताले जानकारी दिए । नेपालको पहाडी भूभागमा यो मोडेलको ट्रयाक्टर उपयोगी हुने मोहताले बताए ।   कम्पनीले चाडपर्वको अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक योजनाहरू ल्याएको  छ । ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३२ इन्चको रंगिन टेलिभिजन, फ्रिजलगायतका उपहार योजना पनि राखिएको कम्पनीले बताएको छ ।  कम्पनीका सबै प्रकारका मोडेलमा ६ वर्षसम्मको वारेन्टी र पाटपूर्जाको उपलब्धता रहने पनि कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा सेल्स मेनेजर हरजित सिंहले कम्पनीको नेटवर्क र प्रदान गर्ने सेवाका बारेमा जानकारी गराएका थिए ।  स्वराजका विक्री प्रबन्धक अभयकान्त मिश्रले ६५ हर्सपावर रेञ्जमा यो मोडेलको विशेषता, उपयोगिता र प्रयोगका फाईदाका बारेमा जानकारी दिए । अन्य ट्रयाक्टरको तुलनामा यो ट्रयाक्टरको तान्ने क्षमता १५ प्रतिशत बढी भएको पनि मिश्रले बताए ।  इन्धन कम खपत गर्ने यो ट्रयाक्टर जोताई र लोडर तथा डोजर बनाएर व्यावसायिक प्रयोजनका लागि पनि उपयोगी हुने उनको भनाइ छ । १०० जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको कार्यक्रमकै अवसरमा ५ जनाले ट्रयाक्टर खरीद गरेका छन् । उनीहरूलाई सोही समारोहमा ट्रयाक्टरको साँचो हस्तान्तरण गरिएको थियो ।