नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।
अध्यक्षमा भुसालबाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत भएका हुन् । भुसाल अहिले एमाले प्रदेश कमिटी सदस्य थिए ।
त्यसैगरी उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी र उपसचिवमा शम्भु पोखरेल र भीम केसी सर्वसम्मत चयन भएको एमाले अर्घाखाँचीले जानकारी दिएको छ । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
आदर्श मावि खनदहबाट २०४२ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीति हुँदै पार्टी राजनीत...