अर्घाखाँची भूमिकास्थानको मेयरमा जनमोर्चाका झविलाल थापा विजयी

अर्घाखाँची : भूमिकास्थान नगरपालिकाको नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् । केहीबेरअघि भएको मतगणनाको परिणाम अनुसार नेकपा एमालेका रेशम थापालाई ७०० मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् । गठबन्धनबाट उम्मेदवार बनेका थापाले ८३२४ मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७५२४ मत प्राप्त गरेका छन् । साथै उपप्रमुखमा पनि गठबन्धन पक्षधर […]

सम्बन्धित सामग्री

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकाे मेयरमा जनमाेर्चा र उपमेयरमा माओवादी विजयी

अर्घाखाँची – भूमिकास्थान नगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चाका झविलाल थापा र उपमेयरमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी हुनुभएकाे छ ।   मेयरमा जनमाेर्चाका झविलाल थापा आठ हजार तीन सय २४ मतका साथ विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका रेशम थापाले सात हजार पाँच सय २४ मत प्राप्त गर्नुभयाे ।   उपमेयरमा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे सात हजार पाँच सय ५८ मतका साथ विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी एमालेकी वसन्ता पौडेलले ६ हजार आठ सय ६४ मत प्राप्त गर्नुभयाे ...

अर्घाखाँचीका तीन पालिका प्रमुखको उम्मेदवारका लागि नाम सिफारिस

२८ चैत,बुटवल । नेकपा एमालेको पालिका स्तरीय बैठकले अर्घाखाँचीका ६ पालिकामध्ये तीन पालिकामा उम्‍मेदवारको नाम सिफारिस गरेको छ । सोमबार बसेको पालिकास्तरीय बैठकले भूमिकास्थान नगरपालिकाको प्रमुखमा रेशम थापा, उपप्रमुख बसन्ता पौडेललाई उम्मेदवार बनाउने सिफारिस गरेको एमाले अर्घाखाँची अध्यक्ष पिताम्बर भुसालले बताए । थापा २०७४ सालको निर्वाचनमा माओवादीबाट प्रमुखमा विजयी भएका थापा केही साताअघि मात्रै एमाले […]