कर्णाली प्रदेशमा आइतबार १२० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको तथ्याङ्कमा कमी आएको देखिन्छ । प्रदेशमा अब सक्रिय संक्रमितको संख्या ८५६ झरेको हो । तीन दिन पहिले सम्म १ हजार सक्रिय संक्रमित थिए । दुई दिनमै झण्डै २ सयको हारहारीमा कोभिड जित्नेहरूको संख्या रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।आइतबार प्रदेशभर थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि, थपिने क्रम र डिस्चार्ज हुने दर दैनिक तलमाथि भइरहेको छ । आ