पाल्पा, कपिलवस्तु र नवलपरासी (पुर्व) मा गरि पानीमा डुबेको अवस्थामा ३ जना मानिसको शव फेला परेको छ । नवलपरासी (पुर्व) को त्रिवेणी गाउँपालिका–५, कुसन्डेस्थित बिनयी खोलामा सोही स्थानका ४५ वर्षीय जखुमाया चौहानको शव फेला परेको छ । त्यस्तै सोही, सोही वडाको लालेघाटस्थित बिनयी खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, कपिलवस्तुको बिजयनगर गाउँपालिका–५ बनगाईस्थित पानी जमेको खाल्डोमा नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर