नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवार टुङ्गो लगाएको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु …