प्रचण्ड-मोदी वार्ता ऊर्जामा केन्द्रित: १० वर्षमा भारतले नेपालबाट '१०,००० मेगावाट बिजुली आयात गर्ने' - BBC News नेपाली
नेपाल र भारतबीचका प्रधानमन्त्रीको वार्ता र त्यससँगै भएका सहमति-समझदारीमा ऊर्जा व्यापारका विषय प्राथमिकतामा परेका तर सीमा विवाद तथा अन्य पेचिला मुद्दा छायामा परेको देखिएको छ।
२१ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी २ वर्षपछि नेपाल बिजुलीमा आत्मनिर्भर हुने प्रक्षेपण गरेको छ । प्राधिकरणले गरेको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा नेपालले भारतबाट बिजुली आयात गर्नपर्ने छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सो वर्षमा नेपालले करिब १४ अर्ब युनिट बिजुली निर्यात गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् । यदि प्रक्षेपणअनुसार […]
काठमाडौँ । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो । आगामी १५ मंसिरदेखि १६ जेठ २०८० सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । हिउँदमा […]
काठमाडौँ । चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै रु छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षात् […]
काठमाण्डौ – चर्को व्यापार घाटा सहिरहेको देशका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनै बेला बिजुली आयात गर्ने देश अब भने बिजुली निर्यात गर्ने देशका रूपमा परिणत भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो ८५ दिनमा मात्रै झन्डै छ अर्ब रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षा भएजस्तै राहतको महसुस भएको छ । अहिले दैनिकरूपमा नै तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाको...
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रतियुनिट ३८ रुपैयाँमा बिजुली आयात भइरहेको भनेर हल्ला भइरहेको बताएका छन् । उनले बाहिर हल्ला भएजस्तो ३८ रुपैयाँ प्रतियुनिट तिरेर बिजुली आयात नगरेको प्रस्ट्याएका छन् ।यस्तो छ कुलमानको भनाइःघिसिङले भारतको इनर्जी एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धा गर्न पाउने उच्च मूल्य २० भारू (३२ रुपैयाँ) लाई ३८ रुपैयाँमा आयात गरियो भनेर हल्ला चलाइएको छ । एक दिन हामीले १५ मिनेटको ब्लकमा २० भारु प्रतियुनिट मूल्य कोट गरेका थियौं । त्यसमा १८ भारु (२८.८ रुपैयाँ)
नेपालले आज (चैत ११) गतेदेखि अहिलेसम्मकै महँगो दरमा भारतबाट विद्युत आयात थालेको छ । इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा प्रतियुनिट २० भारु तिर्नेगरी गएराति १२ बजेदेखि नेपाल विद्युत प्राधिकरणले भारतबाट २०० मेगावाट बिजुली आयात थालेको हो ।कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण कोइलाको भाउ बढेपछि भारतमा पनि बिजुलीको भाउ आकासिएको छ । अघिल्लो वर्ष मार्चमा ९० हाराहारी रहेको कोइलाको मूल्य यो मार्चमा अमेरिकी डलर ४२२ सम्म पुगेको छ । भारतमा ६० प्रतिशतभन्दा बढी विद्युत कोइला जलाएर निकालिन्छ ।
नेपालको आन्तरिक माग धान्न भारतबाट ६ महिनापछि बिजुली आयात थालिएको छ । २१ असारमा माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएपछि भारतबाट आयात रोकिएको थियो । त्यसको ठ्याक्कै ६ महिनापछि हिजो सोमबार (मङ्सिर २०) मा भारतसँग नेपाल विद्युत् प्राधिकरणले माग धान्न १८० मेगावाट बिजुली किनेको हो ।विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सुख्खायाम लागेसँगै नेपालको उत्पादन खुम्चिएपछि भारतबाट बिजुली आयात पुनः थालिएको बताए । आन्तरिक माग धान्न नेपालबाट हुने निर्य
लामो समयदेखि चर्चामा रहेको भएतापनि नेपाल–भारत ऊर्जा व्यापारको गति निकै सुस्त छ । नेपाल विद्युत् प्राधिकरणले प्रत्येक वर्ष नवीकरण हुने गरी भारतबाट बिजुली आयात गरिरहेको थियो । तर अब भारतीय बजारबाट प्रतिस्पर्धाको आधारमा प्राधिकरणले बिजुली आयात गर्न सक्नेछ । नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न बाटो खुलेपछि यसले विस्तारै गति […]
नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गरी आयात गर्न बाटो खुलेको छ ।भारतको ऊर्जा मन्त्रालयले ऊर्जा एक्सचेन्ज मार्केटबाट विद्युत् खरिद गरी आयात गर्न सक्ने गरी बुधबार स्वीकृति दिएसँगै सिधै भारतीय एक्सचेन्ज बजारबाट बिजुली किन्ने बाटो खुलेको हो । यसअघि विद्युत् प्राधिकरणले प्रत्येक वर्ष नवीकरण हुने गरी सौदाबाजी (नेगोसेसन) का आधारमा भारतबाट बिजुली आयात […]