एजेन्सी । द्वन्द्वग्रस्त लोकतान्त्रिक गणतन्त्र कङ्गोमा गत जनवरीदेखि अहिलेसम्म मात्रै झण्डै दुई सय जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय निकायले सोही अवधिमा अरु ४० हजार मानिस विस्थापित पनि भएको विवरण शुक्रबार सार्वजनिक गरेको छ । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले दुःखद घटनाहरू बढ्दै गइरहेको उल्लेख गर्दै घटनामा कुख्यात एलाइड डेमोक्रयाटिक फोर्स (एफडिए) दोषी रहेको दावी गरेको छ । कङ्गोमा सन् १९९५ देखि युगान्डाको इस्लामिक ग्रुप हिंसात्मक क्रियाकलापमा सक्रिय हुँदै आएको छ