काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहकै कारणले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन्। माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन। यो मुलुकमा निरंकुश व्यवस्था र शासनको अन्त्य हुने थिएन। संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्रमै रुमल्लिएर बसिरहेको हुन्थ्यो होला। अध्यक्ष प्रचण्डको नेतृत्वमा कुशल प