काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने व्यक्ति अहिले पनि सक्रिय रहेको दाबी गरेका छन्।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र‚ समावेशी र समानुपातिक चरित्रको संविधानलाई रुचीकर नठान्ने जमात रहेको र उनीहरू सक्रिय रहेको बताए।‘संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको संविधानलाई रुचीकर नठान्ने प्रवृति अहिले हामीले देखिरहेक