काठमाडौं । बडादसैँको टीका थापेर केही व्यक्ति लिंगेपिङमा रमाउन बुधबार चोभार पुगे । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म पिङमा रमाए ।
विजयादशमीका दिन ‘एकपटक भए पनि भुइँ छोड्नुपर्ने’ परम्परागत कथनानुसार उनीहरू पिङमा रमाउन त्यहाँ पुगेका हुन् ।
केही वर्षअघिसम्म दसैँका बेला देशका धेरै स्थानमा लिंगेपिङ हालिन्थ्यो । तर, पछिल्लो समय सहरबजार, गाउँबस्तीमा पिङ...