लमजुङ – विगत वर्षहरुमा दशै लागेसँगै गाउँका युवाहरु पिङ हाल्न जुट्ने गर्थें। तर, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै गाउँ घरमा पिङ पनि देखिन छाडेको छ। पिङ हालेको देखेपछि दशैँ आयो भन्ने अनुभूति हुन्छ। वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ। गाउँघरमा दशैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। विशेष गरी […]