दसैँको एउटा रोमाञ्चक पक्ष हो लिङ्गे पिङ । पिङ अन्य बेलामा पनि बनाउन र खेल्न मिल्छ तर, दसैँमा लिङ्गे पिङबाट पाइने उन्मुक्त खुसी सायदै अरुबेला नपाउन सकिन्छ । अझ दसैँमा एकपटक धरती छाड्नै पर्छ भन्ने जनविश्वास पनि छ । त्यसैले होला दसैँको टिकाको दिन त पिङ खेल्न चाहनेको सङ्ख्या उल्लेख्य नै हुन्छ । ‘दसैँमा लिङ्गे पिङ मनोरञ्जनको उत्कृष्ट साधन हुने र धरती छाड्नै पर्छ भन्ने जनविश्वासले नै प्रचलनमा छ’, संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन् । अर्कातर्फ पिङ स्वास्थ्यका लागि पनि हितकर म