विश्वको तुलनामा नेपालको तापक्रम जीवनयापन अनुकूल छ । मानिसको शरीरको तापमान ३७ डिग्री सेल्सियस हुन्छ । मानिसका लागि उत्तम हावापानी २० देखि ३० डिग्री सेल्सियस हो । सामान्यतया ग्रीष्ममा तराईको तापक्रम ४०, पहाडको ३० र हिमालको २० डिग्री सेल्सियससम्म पुग्छ । त्यस्तै, जाडोयाममा तराईमा १०, पहाडमा ० र हिमालमा माइनस १० डिग्री सेल्सियससम्म तापमान झर्ने गर्छ । तथापि गर्मीयाममा केही महिना र जाडोयाममा केही महिना शरीरको सुरक्षाका लागि प्रयास भने गर्नुपर्छ ।