पहिरोमा परी घाइते भएकाको हेलिकप्टरमार्फत उद्दार

ताप्लेजुङमा पहिरोमा परी घाइते भएका एक वृद्धलाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारमा लगिएको छ। जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई हेलिकप्टरमार्फत उपचारका लागि विराटनगर लगिएको छ।

सम्बन्धित सामग्री

हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६  स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए । ५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताए ।

हुम्लामा पहिरोमा परेर चारको मृत्यु, पाँच घाइते

चंखेली गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीका अनुसार पहिरोमा अविरल वर्षाका कारण पहिरोले भर पुरिँदा चार जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका पाँच जनाको जिवित्तै उद्दार गरिएको छ।...

पहिरोमा परी घाइते भएका पुलसिङलाई हेलिकोप्टरबाट उद्दार

गोरखाको धार्चे गाउँपालिका १ यारुबगर नजिकै पहिरोमा परी खच्चड धनी घाइते भएका छन्। चुमनुब्री गाउँपालिकामा खाद्यान्न पुर्‍याई तल फर्केका धार्चे ७ भीरकुनाका ३७ वर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन्।  यारुबगरमा खच्चडसित...

सुक्खा पहिरोमा एकको मृत्यु, एक घाइते

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुक्खा पहिरोमा परी अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको छ।सुक्खा पहिरोमा परी ७२ वर्षीया रति कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी स्वास्थ्य संस्थामा पुर्‍याइएको छ। जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेको अवस्थामा सुक्खा पहिरोमा परेका थिए।नेपाली सेनाको पश्चिम वेसबाट गएको हेलिकप्टरले घाइतेको उद्धार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।  पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो । पहिरोमा पुरिएर ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ वर्षीया श

पहिरोमा पुरिएर पुरेर पाल्पामा एकको मृत्यु

पाल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–१ स्थित कचल निवासी ६१ वर्षीय दिल बहादुर हिस्कीको पहिरोमा पुरिएर ज्यान गएको हो ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बुधबार बिहान करिब सवा ९ बजेको समयमा घरदेखि करिब ८ किमी पूर्वमा रहेको खेतमा सिंचाइका लागि कुलो खन्ने क्रममा माथिबाट खसेको ढुंगासहितको पहिरोले दिलबहादुर पुरिएका थिए । स्थानीयले उद्दार गरेर दोभान प्रहरी चौकी हुँदै थप उपचारका लागि लुम्बिनी प्रदेश  अस्पताल पठाइएकोमा बाटैमा मृत्यु भएको हो ।&

ब्राजिलको बाढी - पहिरोमा कम्तिमा ७१ जनाको मृत्यु

ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तिमा ७१ जनाको मृत्यु भएको छ । ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् । रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन् ।। सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन् । बाढीमा फँसेका मानिसहरको खोजी र उद्दार कार्य तीव्र पारिएको छ । समाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठूलो क्षति पु–याएको र सवारी साधन सडकम

पहिरोमा परी चीनमा ५ जनाको मृत्यु, ९ जना बेपत्ता

गुइयाङ : दक्षिण पश्चिमी चीनको गोन्जाओ प्रान्तमा रहेको बिजाईमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी निर्माण क्षेत्रमा काम गर्ने ९ जना मानिस बेपत्ता भएको स्थानीय अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ७ बजे पहिरो गएको हो। मंगलवार बिहानसम्म ८ जना मानिसको उद्दार…

जुम्लामा पहिरोमा परेर ३ जना घाइते, हेलिकप्टरबाट उद्दार गर्ने तयारी

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित लिखे ढुंगामा पहिरोमा परेर ३ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।माथिल्लो पाटन (लेक) मा गएका ३ जना प्रतिकुल मौसमका कारण वेशी झर्दै थिए । त्यहीबेला पहिरो आएर उनीहरु घाइते भएका हुन् । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प नभएको डिएसपी थापा

बाढी–पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।