बाढी–पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

वर्षासँगै आएको हुरीबतासमा ४ जनाको मृत्यु

भारत पश्चिम बङ्गालको जलपाईगुडीमा वर्षासँगै आएको हुरीबतासका कारण ४ जनाको मृत्यु भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन्।...

ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

हुम्लामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६  स्थित मेलथममा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । गएराति मेलथमस्थित मानवीर विकको घर पहिरोले बगाउँदा ९ जना पुरिएका थिए ।पहिरोमा परेकामध्ये ४ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी पोषराज पोखरेलले जानकारी दिए । ५ जनालाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताए ।

नेपालमा डेंगुबाट एकैदिन ४ जनाको मृत्यु

मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।...

डेंगुबाट एकैदिन ४ जनाको मृत्यु, संक्रमित संख्या २७ हजार नाघ्यो

१२ असोज, काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो । यो सँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ । […]

मकवानपुर इन्द्रसरोवरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सिमखोलामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शनिबार साँझ विरगंजबाट काठमाण्डौ जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी सिमखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएका थिए। घाइते मध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता…

हिमपात र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा हिमपात  र आगलागीका घटनामा परेर ४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका १४ वटा घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।प्राधिकरणका अनुसार जुम्लाको तातोपानी गाउँपालिका ७ बारा गाउँ नजिकैको जंगलमा बस्ने ४० वर्षीय एक पुरुषको हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ भने सोही गाउँपालिका ८ टोप्ला बस्ने एक महिलाको पनि हिमपातका कारण कठाङ्ग्रिएर मृत्यु भएको छ । उता खोटाङको जन्तेढुंगा गाउँपाल

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो । पर्साको वीरगंज महानगरपालिका-१२ स्थित सडकमा बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-४ बस्ने ६० वर्षीय समशुल मिँयाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रभु अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ...

ललितपुरमा आगलागीबाट ४ जनाको मृत्यु

ललितपुरमा आगलागीबाट ४ जनाको मृत्यु भएको छ । ललितपुरको मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा लागेको आगलागीबाट ४ जनाको मृत्यु भएको हो ।आगलागीमा परेर मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रञ्जना ताम्राकार र निर्मल ताम्राकार रहेका छन् ।आगलागीमा परेर दुई जना घाइते भएका महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।  म्ह: पूजा गर्ने क्रममा बालिएको बत्तीबाट आगो सल्किएको र पछि ग्यास विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको प्रहरीको प्रारम्भिक