जुम्लामा पहिरोमा परेर ३ जना घाइते, हेलिकप्टरबाट उद्दार गर्ने तयारी

जुम्लाको पातारासी गाउँपालिका–३ स्थित लिखे ढुंगामा पहिरोमा परेर ३ जना घाइते भएका छन् । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।माथिल्लो पाटन (लेक) मा गएका ३ जना प्रतिकुल मौसमका कारण वेशी झर्दै थिए । त्यहीबेला पहिरो आएर उनीहरु घाइते भएका हुन् । घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प नभएको डिएसपी थापा

सम्बन्धित सामग्री

एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जना पक्राउ

मकवानपुरमा एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत सोमबार एक पुरुषलाई अपहरण गरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० स्थित होटल एण्ड लजमा बन्धन बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित ट्राभल होटल एण्ड लजको रुम नम्वर १०७ मा एक पुरुषलाई बन्धक बनाई राखेको अवस्थामा वीरगन्जका अमनकुमार श्रीवास्तवको उद्दार गरी अन्य तीन जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा हेट

बुटवलमा ढिस्को खस्दा २ जनाको मृत्यु, ३ जना घाइते

बुटवलमा ढिस्को खसेर पुरिँदा २ जनाको मृत्यु भएको छ । बुटवलको देवी नगरस्थित तिनाउ नदी किनारमा ढिस्को खसेर पुरिँदा २ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । घटनामा परेर स्थानीय केशव पुरी, अशोक गाहा र अन्य एक जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नदी किनारमा आगो तापेर बसिरहेका उनीहरुमाथि ढिस्को खसेको थियो । ढिस्कोले पुरिएकाहरुलाई घटनालगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादे

सुख्खा पहिरोले डोजर पुर्दा धादिङमा ३ जना बेपत्ता

धादिङमा सुख्खा पहिरोले डोजर पुर्दा ३ जना बेपत्ता भएका छन् । बिहीवार बिहान सुख्खा पहिरो आउँदा धादिङको रुबिभ्याली गाउँपालिकामा बाटो खनिरहेको डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । रूबीभ्याली गाउँपालिका वडा नम्बर १  मा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो। डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । बिहान साढे सात बजेतिर पहिरो खसेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ । तर उद्दार भइनसकेको बताइएको छ ।...

बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्दार

काठमाडौं, ८ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेको प्रहरीले जनाएको छ । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, […]

मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ८ कामदार बेपत्ता

मेलम्ची खानेपानी आयोजना स्थलमा काम गर्ने ८ कामदार बेपत्ता भएका छन् । मंगलबार बेलुका सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीपछि उनीहरु सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाले बुधबार एक विज्ञप्ति जारी गर्दै बाँधस्थलमा कार्यरत ३ जना चिनिया, ३ जना भारतीय र २ जना नेपाली कामदारहरु सम्पर्क बिहिन भएकोले खोजी तथा उद्धारका लागि आग्रह गरेको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जारी गरेको विज्ञप्ति अनुसार बुधबार बिहान आयोजना स्थलबाट हेलिकोप्टरमार्फत ७६ जनाको उद्दार

उत्तराखण्डमा हिमपहिरोः ३ नेपालीसहित १ सय १५ जना वेपत्ताको नाम सार्वजनिक

एजेन्सी । आइतबार भारतको उत्तराखण्डको चमौली जिल्लामा हिमनदी फुटेलगत्तै आएको बाढीमा परेर वेपत्ता हुने नेपालका ३ जनासहित १ सय १५ जनाको नाम सार्वजनिक गरिएको छ ।  स्थानीय प्रशासनले सोमबार वेपत्ता हुनेहरुको नाम र ठेगाना सार्वजनिक गरेको हो । वेपत्ता सूचीमा नेपालका ३ जना रहेका छन् । स्थानीय हाइड्रोपावरको सुरुङमा फसेका केही नेपालीहरुको भने उद्दार गरिएको छ । वेपत्ता हुने नेपालीहरुमा सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल रहेका छन् । उनीहरु तीनैजना सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला, टिकापु

तीन सन्तानसहित नदीमा हामफालिन्, चारैजनाको जीवितै उद्धार

अर्घाखाँची : अर्घाखाँची जिल्लाको पाणिनी ३ खिदिममा श्रीमान- श्रीमतीबीच झगडा हुँदा ३ जना छोराछोरीसहित खोलामा हाम फालेकी महिलासहित चारै जनाको जीवितै उद्दार गरिएको छ। पाणिनी ३ खिदिम निवासी सुवास नेपालीले मदिरा सेवन गरी  परिवारसँग झगडा गरेपछि रिसको झोकमा उनकी २५ वर्षीया श्रीमती पविता नेपालीले आफ्नो १८ महिनाको दूधे ...

डुंगा दुर्घटनामा परेका मध्ये २२ जनाको उद्धार, १५ जना पौडेर बाँचे

रौतहट । रौतहटको लाल बकैया नदीमा गएराति भएको डुंगा दुर्घटनामा परेका मध्ये २२ जनाको उद्दार गरिएको छ । अझै ३ जना हराइ रहेको प्रहरीले जनाएकोे छ । राति ११ बजेसम्म भएको खोजिमा ...

भारत भन्छ– नेपाली चेलीकाे उद्दार गर्‍यौं, नेपाललाई थाहै छैन

२० पुस, काठमाडौं । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बुधबार साँझ ट्वीट गर्दै भनिन्, 'मानव बेखविखनको जालोमा फसेका ७ नेपालीसहित ३ जना भारतीय महिलालाई केन्याबाट उद्दार गर्‍यौं ।' तर, नेपालस्थित परराष्ट्र मन्त्रालयले भने यसबारे अनविज्ञता प्रकट गरेको छ । मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव रामबाबु ढकालले अनलाइनखबरसँग कुराकानी गर्दै बिहीबार दिउँसो यथास्थिति …