नारायणगढ–बुटवल खण्ड एकतर्फी सञ्चालनमा

नवलपुर : पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो ।  बुधबार रातिदेखि परेको अविरल व…

सम्बन्धित सामग्री

नारायणगढ-बुटवल सडकखण्ड: निर्माणले लिन थाल्यो गति

एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेसनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ ।

नारायणगढ–बुटवल सडकखण्ड : ठेक्का तोड्ने सडक विभागको चेतावनी

काठमाडौं, कात्तिक ६ ।  सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो । विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र […]

नारायणगढ बुटवल खण्डमा ठेक्का थप

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नु पर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष थप्ने तयारी गरेको छ । १ सय १३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन भित्र काम सक्नु पर्ने थियो । तर, अहिलेसम्म १८.४४ […]

नारायणगढ बुटवल सडक विस्तारको काम सुस्त

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो । नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना […]

नारायणगढ-बुटवल सडक : सडक किनारका संरचना हटाइँदै

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु¥याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन सुरु भएको जानकारी दिनुभयो । “बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा …

दशैं नजिकिएसँगैं नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु

चितवन । नारायणगढ–बुटवल सडकखण्ड मर्मतको काम सुरु भएको छ । दशैं नजिकिएपछि सडक मर्मतको काम थालिएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सनले सडक मर्मतको काम सुरु गरेको हो । गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव४ किलोमिटर खण्डलाई पूर्वी खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८ दशमलव ५ किलोमिटर खण्डलाई पश्चिम खण्ड […]

पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

काठमाडौं- पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड  अवरुद्ध भएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण  कावासोती थानाचोक नजिकै  राजमार्गमा बिछ्याइएको ह्युमपाइप बगाएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक बिहानैदेखि अवरुद्ध छ। यसले गर्दा पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको छ। डाइभर्सन निर्माण गरि सवारी सन्चालन गरिने प्रहरीले जनाएको छ।

नारायणगढ-बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित

नवलपुर / राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१

निर्माणस्थल छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

देशभर सक्रिय संक्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०/७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको […]

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अहिले सो सडक विस्तारमा ३०० जना मजदूर खटिएको जानकारी दिनुभयो । “निषेधाज्ञा अगाडि …