काठमाडौं- पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। लगातारको वर्षापछि आएको बाढीका कारण कावासोती थानाचोक नजिकै राजमार्गमा बिछ्याइएको ह्युमपाइप बगाएकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक बिहानैदेखि अवरुद्ध छ। यसले गर्दा पूर्व-पश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको छ। डाइभर्सन निर्माण गरि सवारी सन्चालन गरिने प्रहरीले जनाएको छ।