आज नेपालीहरुको घरआँगनमा विशेष दिन अर्थात् शुभ विजया दशमी । असत्यमाथि सत्यको जीतको प्रतीकका रुपमा सामाजिक–पारिवारिक मिलनको क्षण अर्थात दशैंको टीका लगाउने दिन । दशैंको विशेषता र परिचयबोधक अन्य गतिविधि प्राच्य वाङ्मयमा अनेक छन् । देवी भागवत, मार्केण्डेय पुराण, ब्रह्माण्ड पुराण, शाक्तागम, शाक्तप्रमोद लगायतका ६४ ग्रन्थमा देवी अथवा मातृशक्तिको भक्तिभाव महिमाको वर्णन छ । शाक्त …