महँगो धातुका रूपमा रहँदै आएको पहेँलो धातुप्रति सबैको आकर्षण छ । सुखको गहना, दुःखको खजनाको सुनमा सदियौँदेखि आकर्षण छ । कारोबारको अवस्था पनि त्यस्तै पुरानो छ । जन्मदेखि मृत्यु पर्यान्तका संस्कार, तथा विभिन्न कला, संस्कृति र परम्परा र चाडपर्वमा यो धातुको विशेष महत्व बेग्लै छ ।
पछिल्लो समय यसको महत्व यी क्षेत्रमा मात्र पनि सीमित छैन । विश्व बजारमा गहनाको आकर्षण बढ्दा निर्यातको सम्भावना पनि बढ्दो छ । नेपाली व्यवसायीले सुनका सामग्री बनाएर निर्यात गर्न सके ठूलो मात्रामा व्यापार घाटा कम गर्न सकिने दाबी गर्दै आएका छन् ।
हाल नेपालभि...