एक दशकभन्दा लामो सक्रिय पत्रकारितालाई बिट मार्दै मैले हालै मात्र विवेकशील साझा पार्टीको सदस्यता लिएको छु । जीवन निर्वाहका निम्ति केही वर्षअघि सुरु गरिएको सञ्चार र प्रविधि उद्यमलाई जारी राख्दै बाँकी समय राजनीतिक जागरण र वैकल्पिक राजनीतिक शक्ति स्थापनाको महाअभियानमा प्रयोग गर्ने अठोट लिएर मैले पहिलो पटक कुनै राजनीतिक दलको सदस्यता लिएको हुँ । व्यक्तिगत निकटता र चिनजानका आधारमा पेसा गर्ने क्रममा प्रायः सबै राजनीतिक दल सम्बन्धित मित्रहरुसँग भाइचारा रहे पनि पत्रकारिता र राजनीति सँगै गरिनुहुन्न भन