विश्वासको मत लिन तयार थिएँ, बलजफ्ती गरियो– शंकर पोखरेल

काठमाडौं। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा पत्रमा आफू विश्वासको मत लिन तयार रहेपनि विपक्षी दलले बलजफ्ती गरेपछि राजीनामा दिएको बताएका छन्। ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको किनारा लागेपछि विश्वासको मत लिने प्रतिबद्धता व्यक्त गरेको थिएँ’,राजीजनामा पत्रमा उनले भनेका छन्। विशेष अधिवेशनमा हुने छलफलले अदालतको विचाराधीन मुद्दामा मात्रै होइन न्यायिक निरुपणमा पनि प्रभाव पर्ने देखेर त्यसअघि नै राजीनामा दिएको उनले बताएका छन्।

सम्बन्धित सामग्री

एमालेको महासचिव बन्न ३ जनाको दौड, को कति बलियो ?

नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । अध्यक्षमा केपी शर्मा ओली दोहोरिने पक्का जस्तै भएपनि अध्यक्ष पछिको दोस्रो कार्यकारी पद महासचिव को बन्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशन आउन अब १० दिन मात्रै बाँकी छ । पार्टी विभाजन भएको हुँदैनथ्यो भने यतिबेला कयौँ नेताले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका हुन्थे । तर, विभाजनको पीडाकै बीचमा महाधिवेशन गर्न लागेको एमालेले अध्यक्षमा ओलीलाई दोहोर्याउने निश्चित छ भने बाँकी १४ पदाधिकारीमा को को अटाउँछन् भन्ने चासोको विषय बनेको छ ।२ कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल पार्टीको विधानका कारण महासचिवबाट अनिवार्य रुपमा बाहिरिँदैछन् । त्यसैले ओलीले अब महासचिवमा कसलाई ल्याउलान् भन्ने धेरैको चासो छ । लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको हुनाले एमालेमा महासचिव पदको आफ्नै महत्व पनि छ । शंकर पोखरलेको सम्भावना कति ?महासचिव बन्ने दौडमा रहेका अनुहारमा शंकर पोखरेलको अनुहार पनि एक हो । असोज १५ गते एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पढ्दा पढ्दै नसकेपछि बाँकी पढ्ने जिम्मा पोखरेललाई दिएका थिए । त्यतिबेला नै ओलीले आफ्नो उत्तराधिकारीमा पोखरेललाई ल्याउन लागेको भन्दै लख काटिएको थियो ।२०७४ सालको आम निर्वाचनमा शंकर पोखरेल प्रदेश सभामा उम्मेद्वार बने । चाहना विपरित उनी प्रदेशमै खुम्चिन पुगे । यद्यपी, उनलाई मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा लगिएको थियो । माओवादी केन्द्रसँगको गठबन्धन पनि भएकाले सहजै निर्वाचन जितेका उनी मुख्यमन्त्री पनि बने । पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आएका थिए । त्यतिबेला २ जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल विजयी हुँदा पोखरेल तेस्रो हुँदै पराजित बन्न पुगेको थियो ।एकातिर पार्टीको महाधिवेशनमा पराजित र अर्कोतिर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेपछि शंकर पोखरेल केन्द्रीय राजनीतिबाट ओझेलमा परे भन्ने कोणबाट आँकलन पनि भयो । तर, उनी प्रदेशमा खुम्चिएनन् ।नेकपा कालमा प्रचण्ड र ओलीको विवाद मिलाउन होस् वा एमाले ब्यूतिएपछि ओली–नेपाल मिलाउने प्रयासमा होस्, उनको दौडधूप बढी नै रह्यो । उनले आफ्नो सक्रियता सधैँ पार्टीको केन्द्रमा नै देखाए ।यति मात्रै नभई शंकर पोखरेलले बोलेका केही कुराहरुले उनको दूरदर्शितालाई पनि पुष्टि गरेको छ । जस्तो की, उनले अनेरास्ववियुको अध्यक्ष हुँदा नै जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको कार्यक्रममा मात्रै सिमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेका थिए । छैठौँ महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो । सातौं महाधिवेशनमा उनले पार्टी संविधानसभामा जानुपर्ने विचार राखे । अन्ततः एमालेले संविधानसभा स्वीकार गर्यो । शंकर पोखरेलको दूरदर्शितालाई प्रमाणित गरेका अरु पनि उदाहरण छन् ।पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबज केन्द्रित हुने भएकाले पनि पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषकहरु बताउँछन् । जबज प्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शंकरलाई नै सहयोग गर्ने निश्चित छ । यस्तो अवस्थामा पोखरेल एमालेको महासचिव बन्न सक्ने सम्भावना प्रवल छ ।‘पास’ भईसकेका विष्णु पौडेलले फेरी परीक्षा देलान् ?विष्णु पौडेल नेकपा कालमा महासचिव चलाईसकेका नेता हुन् । एमाले र माओवादीबीच एकता भएपछि २ अध्यक्ष रहने त सहमति भयो नै । तर, पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा नयाँ अनुहार खोजी गर्नुपर्ने अडान राखे । एमालेका महासचिव इश्वर पोखरेललाई नै महासचिवको जिम्मेवारी दिन प्रचण्ड तयार भएनन् । इश्वर पोखरेल एमालेको निर्वाचित महासचिव थिए । तर, प्रचण्डले नरुचाएका पोखरेलको ठाउँमा एमालेको नवौँ महाधिवेशनमा उपमहासचिव जितेका पौडेलले महासचिवमा बाजी मारे ।विष्णु पौडेल आठौं महाधिवेशनअघि माधव नेपाल पक्षमा थिए । आठौं महाधिवेशनपछि ओली खेमामा लागेका उनी नवौँमा आईपुग्दा ओलीकै टिमबाट उपमहासचिव बने ।नेकपा एक हुँदा महासचिवको हैसियतमा उनी सचिवालय सदस्य भए । उनले नेकपा कालमा महासचिवको भूमीकालाई कुशलतापूर्वक निर्वाह गरे । आन्तरिक विवादका समयमा ओली र प्रचण्डसँग बराबरी जस्तै छलफल गर्ने उनलाई माओवादीले पनि मन पराए । नेकपा हुँदाको एउटा कार्यक्रममा प्रचण्डले पौडेल र आफू ‘हलगोरु’ नै भएको बताए । यसले पनि पौडेललाई पार्टी महासचिवको रुपमा स्थापित गरिदियो । महासचिव भनेको पार्टीको काममा अत्यन्त खट्नुपर्ने पद हो । नेकपा हुँदा खटेर पौडेलले आफू प्राप्त पदीय जिम्मेवारी पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेका छन् ।नेपालकै ठूलो, २ तिहाई जनमतसहित सत्ता सञ्चालनमा रहेको कम्युनिष्ट पार्टीको महासचिव बनेर उत्तीर्ण भएका विष्णु पौडेल एमाले महासचिवको प्रवल दाबेदार हुन् । तेस्रो प्रयासमा सुरेन्द्र पाण्डेमाधब कुमार नेपाल निकटका सुरेन्द्र पाण्डे पार्टी विभाजनको विपक्षमा उभिँदै आए । विभाजन नै भएपछि उनी नेता नेपालसँग नगई एमालेमै बसे । पाण्डे एमालेको महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । नवौँ महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका पाण्डे नेकपा कालमा प्राचण्ड–नेपाल समूहको महासचिव झण्डैले घोषणा भएका थिए । पछि एमाले २ समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा भूमीका निर्वाह गरे । महासचिवकै हैसियतमा उनले केही कार्यक्रम पनि चलाए ।यसरी झण्डै २ पटक महासचिव बनेका पाण्डे अहिले ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । उनले अध्यक्षमा ओली सर्वसम्मत हुनुपर्ने धारणा राख्दै आएका छन् । ओलीलाई चिढ्याएर नभई साथमै लागे मात्रै भूमीका पाईन्छ भन्ने उनले राम्रोसँग बुझेको देखिन्छ ।हुन त, एमाले विभाजनको संघारमै पुगेको समयमा पनि उनले फुटलाई रोक्न अन्तिमसम्म प्रयास गरेकै हुन् । नेपाल–खनाल पक्षका कार्यक्रममा उनी अन्तिम समयमा निष्क्रिय जस्तै बने । यति मात्रै नभई, काँग्रेससँग मिलेर माओवादी र एमालेको तत्कालिन माधब नेपाल पक्षले शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनी भेलामा सहभागी भएनन् । बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रममा उनी पक्षमा मत दिनुपर्छ भन्ने लाइनमा थिए । तर, माधब नेपाल नमानेपछि उनी अनुपस्थित भए । यसरी आन्तरिक संघर्ष भएपनि पार्टी विभाजन रोक्नुपर्छ भन्ने लाइनमा पहिल्यैदेखि सक्रिय भएकाले उनलाई महासचिव बनाउँदा न्याय नै हुने एमाले वृत्तमा चर्चा छ । उनले पनि महासचिव भन्दा तल आफ्नो ‘पोजिशन’ नहुने बताईसकेका छन् । पाण्डेकै गृह जिल्लामा १० औँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी पनि उनैलाई दिएको छ । यसले पनि पाण्डे ओलीको छत्रछायाँमार्फत महासचिव बन्न सक्ने अनुमान हुन थालेको छ ।यदि, पाण्डे महासचिव बनाईए भने विभाजन अस्वीकार गर्ने नेताहरुलाई एमालेभित्र विभेद छैन भन्ने दाबी ओलीले गर्न पाउनेछन् ।

प्रदेश प्रमुखलाई भेट्न पुगे शंकर पोखरेल, राजीनामाको चर्चा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् । उनी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनु केही मिनेटअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।उनीविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा छलफल हुने कार्यसूची आज रहेको अवस्थामा उनी प्रदेश प्रमुखलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उसो त प्रदेशसभाबाट उनले विश्वासको मत नपाउने देखिएपछि सो अघि नै राजीनामा दिन लागेको चर्चा समेत भएको छ । त्यसको आधिकारिक पुष्टि भने हुन स

लुम्बिनी प्रदेश प्रमुखसँग विशेष अधिवेशन माग गर्छौं : माओवादी प्रमुख सचेतक घर्ती

लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख फेरिएसँगै विपक्षी दलहरूको गठबन्धनले सहज महसुस गर्न थालेको छ । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दैै उनलाई विश्वासको मत लिन विपक्षी गठबन्धनले लामो समयदेखि दबाब दिँदै आएको थियो । तर बजेट पारित गर्नसमेत बहुमत जुटाउन सक्ने अवस्था नरहेपछि मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए ।विपक्षी दलहरु प्रदेश प्रमुख फेरिएसँगै प्रदेशसभाको विशेष अधिवेशन माग गरेर सत्ता परिवर्तन गर्ने रणनीतिमा जुटेका छन् । लुम्बिनी प्रदेशमा ने

पार्टीमा शुद्धीकरण आवश्यक थियो, फ्लोर क्रसले आधार दियोः शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले पार्टीमा सुद्धिकरण आवश्यकता रहेको भन्दै फ्लोर क्रसले त्यसका लागि आधार प्रदान गरेको बताएका छन्। पार्टीमा चरम अनुशासनहीनता र अराजकता सिर्जना भएको अवस्थामा शुद्धीकरण अभियान अपरिहार्य रहेको पोखरेलको भनाइ छ। सामाजिक सञ्जालमा लेख्दै पोखरेलले पार्टीलाई अराजकताबाट जोगाउँदै अनुशासनतर्फ फर्काउन सबै पार्टी पंक्तिलाई आह्वान गरेका छन्। संसदमा एमालेका २२ सांसदले फ्लोरक्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएका

प्रतिनिधिसभा विघटनको यथार्थः मेरो दृष्टकोण

शंकर पोखरेल : संविधानको धारा ७६(३)अन्तरगतको सरकारमा जसपा तटस्थ रहनेहुदा वहुमतको सम्भावना नरहने स्थितिमा प्रमले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नु भएको अवस्थामा सम्माननीय राष्ट्रपतिवाट धारा ७६(५) अन्तरगतको सरकार गठनका लागि प्रस्ताव माग भएको, धारा७६(५) अन्तरगतको सरकार वस्तुतः चुनावी सरकार हुनेभएका कारण जसपा प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भइ पार्टीको […]

शंकर पोखरेल भन्छन्– ओलीलाई नै प्रधानमन्त्री खोज्नुपर्ने बाध्यता छ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा ७६(३)मा गएर केपी ओलीलाई नै प्रधानमन्त्री खोज्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले गठबन्धनको सरकार बन्ने अवस्था नरहेको बताउँदै पुनः ठूलो दलको हैसियतमा ओलीकै सरकार बन्ने बताएका हुन् । “संसदले धारा ७६ (२)को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल कति दिन सुरक्षित ?

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै लुम्बिनी सरकार संकटमा परेको छ।मुख्यमन्त्री पोखरेलले संविधानको धारा १८८ अनुसार ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव गर्नुपर्नेछ। विश्वासको मत लिन नसकेमा मुख्यमन्त्रीबाट पदमुक्त हुने संवैधानिक व्यवस्था छ। लुम्बिनीमा एमालेका ४१ सांसद छन्। सरकार जोगाउन माधव नेपाल समूह निर्णायक देखिएको छ।

फ्लोर क्रसबाट जोगिएला शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार ?

कर्णाली प्रदेशको सत्ता समीकरण फेरबदलका लागि एमालेले संसद्मा दर्ता गरेको अविश्वास प्रस्तावलाई एमालेकै चार सांसदले विफल गराइदिएपछि विश्वासको मत पाएका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले निरन्तरता पाएको छ। केन्द्रमा नेकपाभित्र केपी ओली समूहले गरेको ‘ज्यादती’ को हिसाबकिताब माधव–झलनाथ समुहले ‘फ्लोर क्रस’ मार्फत कर्णालीबाट लिन सुरु गरेको चर्चा एमाले वृत्तमा चुलिएको छ।   माधव–झलनाथले कर्णालीमा गरेको ‘हिसाबकिताब’ ले अन्य प्रदेशमा पनि प्रभाव पार्ने देखिएको छ। यो समूहका के...