कर्णाली– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता बढेको बताएका छन् । वीरेन्द्रनगरमा आज पार्टीको प्रदेशस्तरीय प्रशिक्षण एवं बृहत् अन्तरक्रिया कार्यक्रममा उनले आयातलाई प्रोत्साहन दिँदा मुलुकमा गरिबी बढ्दै गएको बताए । अध्यक्ष थापाले ससाना दैनिक उपभोग्य वस्तुको स्वदेशमा उत्पादन हुन छाड्नु चिन्ताको विषय भएको टिप्पणी […]