‘विश्वसम्पदा’मा सूचीकृत हुने निर्णय कुर्दै पनौती

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ । पनौती नगरपालिका–७ विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया नेपाल …

सम्बन्धित सामग्री

सूचीकृत ८८ कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

काठमाडौं। नेपाल धितोपत्र बोर्डले तोकिएको समयभित्र वित्तीय विवरण नबुझाउने ८८ सूचीकृत कम्पनीलाई साढे ५३ लाख रुपैयाँ जरीवाना तिराएको छ । बोर्डले ६९ कम्पनीलाई ५० हजार रुपैयाँका दरले र १९ कम्पनीलाई १ लाख रुपैयाँका दरले जरीवाना तिराएको हो ।  कारबाहीमा परेका ८८ कम्पनीको नामावली बोर्डले मङ्सिर १२ गते सार्वजनिक गरेको छ । कारबाहीमा पर्नेमा चार विकास बैंक, तीन होटेल तथा पर्यटन क्षेत्रका, तीन लगानी समूहअन्तर्गतका, १/१ व्यापारिक र अन्य, २४ लघुवित्त, २ जीवन बीमा, ५ निर्जीवन बीमा, ४ उत्पादन तथा प्रशोधन क्षेत्रका, २ वित्त कम्पनी र ३९ जलविद्युत् कम्पनी छन् । धितोपत्रको दोस्रो बजारमा सूचीकृतमध्ये जलविद्युत् क्षेत्रका धेरै कम्पनी कारबाहीमा परेका छन् । यस क्षेत्रका ३९ कम्पनीलाई बोर्डले २४ लाख रुपैयाँ जरीवाना गरेको छ ।  बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले ती कम्पनीलाई नगद जरीवानाको निर्णय गरेको थियो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको इतिहासमै पहिलोपटक यतिधेरै सूचीकृत कम्पनी कारबाहीमा परेको जानकारी दिए ।  बोर्डले नियमनमा कडाइ गर्दै आएको अवस्थामा नियमबमोजिम काम नगर्ने जो कोही कारबाहीको दायरामा आउने अध्यक्ष हमाल बताउँछन् । आम लगानीकर्ताले समयमै हेर्न पाउनुपर्ने वित्तीय विवरण तोकिएको अवधिभित्र सार्वजनिक नगर्ने कम्पनीप्रति बोर्डले शून्य सहनशीलताको नीति लिएको हमालले जानकारी दिए । एक दिन ढिला गर्ने कम्पनीसमेत कारबाहीमा परेको उनले बताए ।  ‘सूचीकृत कम्पनीहरूले पेश गर्नुपर्ने वित्तीय विवरण धितोपत्र बजारका लागि निकै महत्त्वपूर्ण हुने भएकाले बोर्डले त्यस्तो विवरण समयमै पेश नगर्नेलाई कडाइ गरेको हो,’ हमालले भने, ‘आम लगानीकर्ताले समयमै पाउनुपर्ने वित्तीय विवरण सम्बद्ध कम्पनीले नबुझाएकाले संस्थागत सुशासन कायम गराउन पनि बोर्डले कारबाही गरेको हो ।’ बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम जरीवाना गरेको हो । धितोपत्रसम्बन्धी ऐनको दफा १०१ को उपदफा ४ मा कसैले जानीजानी वा बदनियत साथ ऐन वा ऐनअन्तर्गत बनेका नियम वा विनियमबमोजिम पेश गर्नुपर्ने हिसाबकिताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात समयमा पेश नगरेमा, बोर्डले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्था रहेको छ ।  कानूनी प्रावधानबमोजिम प्रक्रिया पूरा नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी बोर्डले गत साउनमै दिएको थियो । बोर्डको चेतावनीलाई समेत बेवास्ता गर्दै समयमा वित्तीय विवरण नबुझाएका कम्पनी कारबाहीमा परेका हुन् । बोर्डले सूचीकृत कम्पनीलाई समयमै वित्तीय विवरण बोर्डमा पेश गर्न आग्रह गर्दै साउन ११ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा समयमै वित्तीय विवरण पेश नगरे प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी थियो ।  बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डमा पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यस्ता संगठित संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महीनाभित्र बोर्डमा पेश गर्नुपर्ने हुन्छ । साथै सूचीकृत संस्थाले संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्यमुख्य बुँदासहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने हुन्छ । यसैगरी सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लिखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा २–३ दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । धितोपत्रसम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरण उल्लिखित समयमै पेश गर्नुपर्ने व्यवस्था छ ।

८८ सूचीकृत कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

काठमाडौं। नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका ८८ सूचीकृत कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको छ । बोर्डको कात्तिक २० गते सोमवार बसेको सञ्चालक समिति बैठकले ती कम्पनीलाई नगद जरीवाना तिराउने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले तोकिएको समयभन्दा ढिलो गरी वित्तीय विवरण बुझाएका ६९ कम्पनीलाई ५० हजार रुपैयाँ र वित्तीय विवरण नै नबुझाएका १९ कम्पनीलाई १ लाख रुपैयाँ जरीवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए । उनले सम्बद्ध सबै कम्पनीलाई स्पष्टीकरण पेश गर्न पत्राचार गरिसकिएको समेत बताए । सूचीकृत कम्पनीहरूले आवश्यक विवरण समयमै पेश नगर्दा पहिलोपटक यति धेरै कारबाहीमा परेको सूचना अधिकारी देवकोटाको भनाइ छ ।  बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही गरेको देवकोटाले बताए । धितोपत्रसम्बन्धी ऐनको दफा १०१ को उपदफा ४ मा कसैले जानीजानी वा बदनियत साथ ऐन वा ऐनअन्तर्गत बनेका नियम वा विनियमबमोजिम पेश गर्नुपर्ने हिसाबकिताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात समयमा पेश नगरेमा बोर्डले ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्था छ । यी व्यवस्थाबमोजिम प्रक्रिया पूरा नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी बोर्डले गत साउनमै दिएको थियो । बोर्डको  चेतावनीलाई बेवास्था गर्दै समयमा वित्तीय विवरण नबुझाएका कम्पनीहरू कारबाहीमा परेका हुन् । तोकिएको समयभन्दा ढिलो गरी वित्तीय विवरण बुझाएका ६९ कम्पनीलाई ५० हजार रुपैयाँ र वित्तीय विवरण नै नबुझाएका १९ कम्पनीलाई १ लाख रुपैयाँ जरीवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय धितोपत्र बोर्ड सञ्चालक समितिले गरेको हो ।  सूचीकृत कम्पनीलाई समयमै वित्तीय विवरण बोर्डमा पेश गर्न साउन ११ गते नै बोर्डले सूचना जारी गरेको थियो । उक्त सूचनामा समयमै वित्तीय विवरण पेश नगरे प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो । सूचीकृत कम्पनीहरूले पेश गर्नुपर्ने वित्तीय विवरण धितोपत्र बजारका लागि निकै महत्त्वपूर्ण हुने भएकाले बोर्डले यस्तो महत्त्वपूर्ण विवरण समयमै पेश नगरेकोप्रति कडाइ गरेको बताएको छ । आम लगानीकर्ताले समयमै पाउनुपर्ने वित्तीय विवरण सम्बद्ध कम्पनीले नबुझाएकाले संस्थागत सुशासन कायम गराउन पनि बोर्डले कारबाही गरेको जानकारी दिएको छ । बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरूले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लिखित विवरण त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डमा पेश गर्नुका साथै त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ । यस्ता संगठित संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महीनाभित्र बोर्डमा पेश गर्नुपर्ने हुन्छ । साथै सूचीकृत संस्थाहरूले संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्यमुख्य बुँदासहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने हुन्छ ।  यसैगरी सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लिखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई ३ दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । धितोपत्रसम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरण उल्लिखित समयमा नै पेश गर्नुपर्ने व्यवस्था छ ।

समयमा वित्तीय विवरण नबुझाउँदा ८९ सूचीकृत कम्पनीलाई कारवाही

२२ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सयममा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको हो । सूचीकृत कम्पनीहरूले समयमै बोर्डलाई बुझाउनुपर्ने विवरण नबुझाएका कम्पनीलाई कारवाह्ी गर्ने निर्णय भएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए […]

खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई सूचीकृत गर्न परिपत्र गरेको छ। सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा (जोखिम बहन) गर्ने निर्णय गरे...

खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै

प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई सूचीकृत गर्न परिपत्र गरेको छ। सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा (जोखिम बहन) गर्ने निर्णय गरे...

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न प्रक्रिया सुरु

काभ्रे, १५ जेठ । ऐतिहासिक एवं पर्यटकीय काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने गत पुसमा सम्पन दोस्रो नगरसभाले निर्णय गरेको थियो । सोही निर्णयानुसार नगरले धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं वातावरणीय महत्व […]

कुमारी र एनसीसीको मर्जरपछिको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार सूचीकृत भएको छ । मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर बिहीवार कुमारी बैंकको नाममा नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत गर्नुअघि बैंकले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा माघ ४ गते नै दर्ता गराइसकेको छ । साविक कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ दशमलव ५७ कित्ता र साविक एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर नेप्सेमा कारोबारयोग्य भएको छ ।  कुमारी बैंक र एनसीसी बैंक मर्ज भई कुमारी बैंकको नामबाट गत पुस १७ गतेदेखि एकीकृत कारोबार शुरू भएको छ । एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्ज भएका यी दुई बैंकका शेयरधनीहरूले आगामी कारोबार दिनदेखि कुमारी बैंकको नामबाट शेयर कारोबार गर्न सक्नेछन् । सीडीएससीले मर्जरपछि कायम शेयर स्वाप रेसियोका आधारमा सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा शेयर जम्मा हुने व्यवस्था मिलाइसकेको छ । एकीकृत कारोबारका दिनदेखि रोक्का रहेको दुवै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय पनि नेप्सेले गरेको छ । पछिल्लो समय जारी मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । यो बैंक निर्देशिकामा भएको व्यवस्थाबमोजिम नै बढीमा १५ दिनभित्र रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न सफल भएको छ । गत असोज १० गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका यी बैंकहरूको तीन महीना पूरा हुँदा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू भएको हो ।

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियाको थालनी

काभ्रेपलाञ्चोक, २२ पुस । ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो । नगरको ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व […]

पशुपति क्षेत्रभित्र उच्छृंखल गतिविधि गरे १ साउनदेखि कारबाही गरिने

काठमाडाैँ- पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको छ। पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपछीमा समेत नकारात्मक असर पुगेको निष्कर्स निकाल्दै काेषले १ साउनबाट लागू हुनेगरी उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको हो। कोषले हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई […]