सूचीकृत ८८ कम्पनी धितोपत्र बोर्डको कारबाहीमा

काठमाडौं। नेपाल धितोपत्र बोर्डले तोकिएको समयभित्र वित्तीय विवरण नबुझाउने ८८ सूचीकृत कम्पनीलाई साढे ५३ लाख रुपैयाँ जरीवाना तिराएको छ । बोर्डले ६९ कम्पनीलाई ५० हजार रुपैयाँका दरले र १९ कम्पनीलाई १ लाख रुपैयाँका दरले जरीवाना तिराएको हो ।  कारबाहीमा परेका ८८ कम्पनीको नामावली बोर्डले मङ्सिर १२ गते सार्वजनिक गरेको छ । कारबाहीमा पर्नेमा चार विकास बैंक, तीन होटेल तथा पर्यटन क्षेत्रका, तीन लगानी समूहअन्तर्गतका, १/१ व्यापारिक र अन्य, २४ लघुवित्त, २ जीवन बीमा, ५ निर्जीवन बीमा, ४ उत्पादन तथा प्रशोधन क्षेत्रका, २ वित्त कम्पनी र ३९ जलविद्युत् कम्पनी छन् । धितोपत्रको दोस्रो बजारमा सूचीकृतमध्ये जलविद्युत् क्षेत्रका धेरै कम्पनी कारबाहीमा परेका छन् । यस क्षेत्रका ३९ कम्पनीलाई बोर्डले २४ लाख रुपैयाँ जरीवाना गरेको छ ।  बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले ती कम्पनीलाई नगद जरीवानाको निर्णय गरेको थियो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको इतिहासमै पहिलोपटक यतिधेरै सूचीकृत कम्पनी कारबाहीमा परेको जानकारी दिए ।  बोर्डले नियमनमा कडाइ गर्दै आएको अवस्थामा नियमबमोजिम काम नगर्ने जो कोही कारबाहीको दायरामा आउने अध्यक्ष हमाल बताउँछन् । आम लगानीकर्ताले समयमै हेर्न पाउनुपर्ने वित्तीय विवरण तोकिएको अवधिभित्र सार्वजनिक नगर्ने कम्पनीप्रति बोर्डले शून्य सहनशीलताको नीति लिएको हमालले जानकारी दिए । एक दिन ढिला गर्ने कम्पनीसमेत कारबाहीमा परेको उनले बताए ।  ‘सूचीकृत कम्पनीहरूले पेश गर्नुपर्ने वित्तीय विवरण धितोपत्र बजारका लागि निकै महत्त्वपूर्ण हुने भएकाले बोर्डले त्यस्तो विवरण समयमै पेश नगर्नेलाई कडाइ गरेको हो,’ हमालले भने, ‘आम लगानीकर्ताले समयमै पाउनुपर्ने वित्तीय विवरण सम्बद्ध कम्पनीले नबुझाएकाले संस्थागत सुशासन कायम गराउन पनि बोर्डले कारबाही गरेको हो ।’ बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम जरीवाना गरेको हो । धितोपत्रसम्बन्धी ऐनको दफा १०१ को उपदफा ४ मा कसैले जानीजानी वा बदनियत साथ ऐन वा ऐनअन्तर्गत बनेका नियम वा विनियमबमोजिम पेश गर्नुपर्ने हिसाबकिताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात समयमा पेश नगरेमा, बोर्डले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरीवाना गर्न सक्ने व्यवस्था रहेको छ ।  कानूनी प्रावधानबमोजिम प्रक्रिया पूरा नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनी बोर्डले गत साउनमै दिएको थियो । बोर्डको चेतावनीलाई समेत बेवास्ता गर्दै समयमा वित्तीय विवरण नबुझाएका कम्पनी कारबाहीमा परेका हुन् । बोर्डले सूचीकृत कम्पनीलाई समयमै वित्तीय विवरण बोर्डमा पेश गर्न आग्रह गर्दै साउन ११ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा समयमै वित्तीय विवरण पेश नगरे प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनी थियो ।  बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डमा पेश गर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । यस्ता संगठित संस्थाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महीनाभित्र बोर्डमा पेश गर्नुपर्ने हुन्छ । साथै सूचीकृत संस्थाले संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) बमोजिम अनुपालना प्रतिवेदनको मुख्यमुख्य बुँदासहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्ने हुन्छ । यसैगरी सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लिखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा २–३ दिनभित्र बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । धितोपत्रसम्बन्धी कानूनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरण उल्लिखित समयमै पेश गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको आरोपमा धितोपत्र बोर्ड र बिमा प्राधिकरणका अध्यक्षसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १३ जना लगानीकर्ताको हस्ताक्षरसहित...

लगानीकर्ता सचेतना बढाउन धितोपत्र बोर्ड र महासंघबीच सहकार्य

पुँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्न धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी भएको छ । पुँजी बजारसम्बन्धी ज्ञान र अभिवृद्धिका लागि लगानीकर्ता...

निर्वाचन आयोगले सोध्यो धितोपत्र बोर्ड र बीमा समितिलाई स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले नेपाल धितोपत्र बोर्ड र बीमा समितिसँग स्पष्टीकरण माग गरेको छ। निर्वाचन आचारसंहिता लागु भइरहेको अवस्थामा सरकारले नेपाल धितोपत्र बोर्ड र बीमा समितिमार्फत लाइसेन्स वितरण गर्न खोजेको भन्ने विवरण सार्वजनिक भएकाले आयोगले स्पष्ट पार्न भनेको हो। आयोगले आचारसंहिता विपरीत दीर्घकालीन असर पार्ने क्रियाकलाप र योजना अघि नबढाउन भनेको छ। यस्तो अवस्थामा धितोपत्र बोर्ड […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

२ फागुन, काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ । छनोट समितिका एक सदस्यका अनुसार सिफारिसको पहिलो नम्बरमा डा. रमेश हमाल, दोस्रोमा डा. गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेल रहेका छन् । यसअघि सर्टलिस्टमा परेका निरज गिरी र कटुवाल भने सिफारिसमा परेनन् ।

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले बिहिबार एक सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत ११ कात्तिकमा एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

दुई महिनादेखि धितोपत्र बोर्ड र नेप्से नेतृत्वविहीन, दैनिक कामकारबाही प्रभावित

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज(नेप्से) नेतृत्वविहीन भएको करिब दुई महिना बितिसक्दा पनि सरकारी निकायले कुनै चासो देखाउन सकेको छैन । नियामक नेतृत्वविहन हुँदा पुँजी बजारमा हुने पोलिसी निर्माणदेखि दैनिक...

धितोपत्र बोर्ड अगाडि शेयर लगानीकर्ताको धर्ना

५ असोज, काठमाडौं । पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अगाडि शेयर बजारका लगानीकर्ताहरुले धर्ना दिएका छन् । लगानीकर्ताहरुले १८ बुँदे माग राख्दै बोर्ड कार्यालय अगाडि पुगेर मंगलबार धर्नामा बसेका हुन् । उनीहरुले विभिन्न १८ बुँदे मागहरु अघि सारेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो अख्तियार दुरुपयोग गरी बजार घटाउन लागिरहेको […]