एजेन्सी। कोरोना भाइरसको दोस्रो लहरका लागि चुनावी र्याली गर्न दिने निर्णय जिम्मेवार रहेको भन्दै मद्रास उच्च अदालतले निर्वाचन आयोगको कडा आलोचना गरेको छ। मुख्य न्यायाधीस सञ्जिव बनर्जीले भने, ‘कोरोनाको दोस्रो लहरका लागि केवल निर्वाचन आयोग जिम्मेवार छ।’ उनले निर्वाचन आयोगका अधिकारीविरुद्ध हत्यार आरोप लगाउनु पर्ने दाबी गरे। निर्वाचन प्रचारका क्रममा फेसमास्क, स्यानिटाइजर र भौतिक दुरीको नियम लागू नगरिएको उनले बताए।