बैतडी : सिगास गाउँपालिकामा फलाम खानी भेटिएको छ। गाउँपालिका–१ सुगरखालमा खानी भेटिएसँगै उत्खनन पनि सुरु गरिएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए।
चैत्र ८ गतेबाट फलाम खानीमा उत्खननको काम भइरहेको छ। उनले भने, ‘उक्त ठाउँमा खानीको सम्भावना देखेर भूगर्भ विभागले अध्ययन गरेको थियो, अध्ययनपश्चात् सो ठाउँमा फलाम खानी रहेको देखिएकोले उत्खनन सुरु गरिएको छ।’
सुभम मिनिरल्स प्राइभेट कम्पनी तथा चीनको संयुक्त साझेदारीमा फलाम उत्खननको काम भइरहेको धामीले जानकारी दिए। सुभम मिनिर...