काभ्रे : जिल्लाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालको आइसियुबाहिर एक महिला गम्भीर घाइते आफन्तको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेकी भेटिन्छन्। गहभरी आँसु लिएर अस्पतालको आइसियुबाहिर कुरिरहेका उनी उपचारत आफन्तको स्वास्थ्यमा सुधार भएको खबर सुन्न व्यग्र प्रतीक्षामा छिन्।परिस्थिति भने उनले सोचेअनुरूप भइरहेको छैन। उनले चाहेको, आशा गरेको जस्तो पनि हुन सकेको छैनन्। उनी घरीघरी आइसियुको ढोकातिर आँखा दौडाइ रहिन्छन्। कोही देखे बिरामीको अवस्था सोधिहाल्छिन्। तर जवाफमा उपचार भइरहेको छ। उनले अपेक्षा