फागुन १२, काठमाडौं । सिद्धार्थ म्युचुल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ ले माघ मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३८ करोड रहेको छ । यो लगानी पुस मसान्तसम्मको तुलनामा ६ दशमलव ९ प्रतिशतले घटेको हो । फण्डले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ४ करोड लगानी गरेको थियो ।
माघ महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेसँगै समग्र सूचीकृत शेयरमा गरेको लगानी घटेको हो । साथै फण्डको प्रतिइकाई खुद मूल्य (एनएभी) पुस मसान्तको तुलनामा माघ मसान्तसम्ममा घटेको छ ।
फण्डको एनएभी पुस मसान्तसम्ममा रू. १४ दशमलव ८९ रहेकोमा माघ मसान्तसम्ममा १४ दशमलव २६ कायम भएको हो ।
त्यसैगरी फण्डले माघ मसान्तसम्ममा रू ५ करोड ७२ लाख नोक्सानी व्यहोरेको छ । पुस मसान्तसम्ममा फण्डले रू. १ करोड ७२ लाख नाफा कमाएको थियो । माघ महीनामा जम्मा आम्दानी रू. ३ करोड २ लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा गएको हो ।
पुस मसान्तसम्ममा फण्डले कुल रू. ३ करोड ३ लाख ४४ हजार आम्दानी गरेको थियो ।