राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् । हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको अभिषेकले बताए । ‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षडयन्त्रपूर्वक पराजय गराउन भूमिका खे