‘पहुँचको भरमा विश्वविद्यालय खुलिरहेका छन्’

अहिले पहुँचवाला व्यक्ति अथवा समूह विश्वविद्यालय सञ्चालन गर्ने 'आइडिया' लिएर सरकारमा पुग्छन् । सरकारले तत्काल अगाडि बढाउने निर्णय गरिहाल्छ । अलिक पहुँच पुगेन भने मात्रै यो त विश्वविद्यालय अनुदान आयोग (युजीसी) मा पठाउनुपर्छ भनेर यता पठाइन्छ ।

सम्बन्धित सामग्री

लथालिङ्ग त्रिवि सेवा आयोग, करार र आंशिक शिक्षकको भरमा पठनपाठन

त्रिवि सेवा आयोगले दरबन्दी अनुसार शिक्षक नपठाएपछि पठनपाठन नरोकियोस् भनेर आंशिक वा करारमा राख्ने गरिएको छ । त्रिविमा हाल करिब २ हजार आंशिक शिक्षक छन् । आन्तरिक करारबारे कतै तथ्यांक छैन ।

उपकुलपतिविहीन ३ विश्वविद्यालय, नियुक्ति प्रकृया कहिले ?

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको २८ दिन बितिसकेको छ।विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको फागुन ६ गते बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो।तर हालसम्म नियुक्ति प्रकृया अगाडि बढ्न सकेको छैन। सरकारले समयमा उपकुलपति छनोट गर्न नसक्दा १८ दिनदेखि निमित्तको भरमा उक्त विश्वविद्यालय चलेको छ। पूर्वाञ्चल विश

आवेदकभन्दा बाहिरका उपकुलपति बनाउन सम्भव छ ?

१२ माघ, काठमाडौं । देशकै जेठो विश्वविद्यालय तीन महिनादेखि निमित्त उपकुलपतिको भरमा छ । १६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा रेक्टर प्रा.डा.शिवलाल भुषाललाई तीन महिनाका लागि निमित्त उपकुलपति नियुक्त गरेको थियो । निमित्त उपकुलपति भुषालको कार्यकाल पाँच दिन मात्रै बाँकी छ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति छनोट प्रक्रियाले आमरुपमा विश्वास […]

त्रिविको साख जोगाउन कस्ताे ‘उपकुलपति’ आवश्यक ?

काठमाडौँ : तीन महिनादेखि देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिविहीन छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालको भरमा त्रिवि चलेको छ।यसअघि राजनीतिक भागबन्डाबाट उपकुलपतिको नियुक्त हुँदै आएकोमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने सरकारले घोषणा गर्‍यो। नियुक्त गरिसक्नुपर्ने वेला राजनीतिक किचलो र ढिलासुस्तीले आवेदन खुलाउनै समय लाग्यो।बल्

हचुवाका भरमा गेटा मेडिकल विश्वविद्यालय निर्माणको तयारी: डा गोविन्द केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले सरकारले हचुवाका भरमा गेटा मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको बताएका छन्।

तालाबन्दी गरेकै भरमा स्वतः करार र स्थायी अब हुन सक्दैन : त्रिभुवन विश्वविद्यालय

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले अनसन अथवा तालाबन्दीको दबाबकै भरमा आंशिक शिक्षकलाई स्वतः करार, करारपछि स्वतः स्थायी गर्ने परम्परालाई अबदेखि कहिल्यै स्वीकार नगर्ने बताएको छ। विश्वविद्यालय राजिस्ट्रारको कार्यालयले तालाबन्दीका सन्दर्भमा अपिल जारी गर्दै यस्तो अडान सार्वजनिक गरेको हो। माघ ६ गतेदेखि त्रिविमा तालाबन्दी जारी छ। त्रिविका अनुसार गत पुससम्म १ सय…

८ महिनादेखि निमित्तको भरमा चल्दैछ खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालय ८ महिनादेखि निमित्त उपकूलपतिका भरमा चलेको छ । यति धेरै समयसम्म पूर्ण जिम्मेवारीसहितको मूल नेतृत्व नहुँदा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएका छन् । विश्वविद्यालयका तत्कालीन उपकूलपति प्रा.डा. लेखनाथ शर्माको ४ वर्षे कार्यकाल गत जेठ १८ गते सकिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असारदेखि विज्ञान संकायका डिन प्रा.डा. इन्द्रबहादुर कार्कीलाई निमित्त उपकूलपतिको जिम्मेवारी दिएको छ । उनको डिनको पदावधि पनि माघ २ गते सकिँदैछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ए...

टेकोका भरमा नेपाल संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय

काठमाडौँ । विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन अझै पुनः निर्माणको टुङ्गो नलाग्दा वसन्तपुर दरबार क्षेत्रमा आउने विदेशी पर्यटकमा नकारात्मक सन्देश जान थालेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

टेकोका भरमा नेपाल संस्कृत विश्वविद्यालय सम्पर्क कार्यालय

काठमाडौँ, २६ मङ्सिर: विगत छ वर्षदेखि टेकोका भरमा अडिएको विश्वर सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालय । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त भवन अझै पुनःनिर्माणको टुङ्गो नलाग्दा बसन्तपुर दरबार क्षेत्रमा आउने विदेशी पर्यटकमा नकारात्मक सन्देश जान थालेको छ ।-तस्बिर : पूर्णप्रसाद मिश्र-रासस

निमित्तका भरमा चल्दैछन् छवटा विश्वविद्यालय

विगत पाँच महिनादेखि मुलुकका छवटा विश्वविद्यालय निमित्तका भरमा चल्दै आएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा गएको भदौदेखि उपकुलपति पद रिक्त हुँदै आएको छ ।