भारतमा कोरोना भाइरसबाट सोमबार थप ३० हजार ९४१ जना संक्रमित भएका छन्। सोही अवधिमा ३५० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।कोरोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३८ लाख ५६० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ। पछिल्लो २४ घण्टामा देशभरका संक्रमितमध्ये केरलामा मात्रै थप १९ हजार ६२२ जना संक्रमित भएका अधिकारीले जनाएका छन्।सोही अवधिमा केरलामा १३२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कूल तीन करोड १९ लाख ५९ हजार ६८० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्