कोरोना संक्रमित बिरामीहरूको उपचारमा प्रयोग हुने रेम्डिसिभिर इन्जेक्सनको अभाव हुन नदिन १ लाख ३० हजार भाइल इन्जेक्सन नेपाल ल्याउन लागिएको छ ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार भारतले नेपालमा उक्त इन्जेक्सनको आयातमा प्रतिबन्ध लगाएपछि विभागले बंगलादेश, पाकिस्तान र इजिप्टबाट आयात गरेको छ।
‘अहिले बंगलादेशबाट प्रथम चरणमा ७ हजार भाइल आज रातिसम्म नेपाल आइपुग्छ,’ केसीले लोकान्तरसँग भने, ‘जसमध्ये ३ हजार भाइल त नेपाल आउनका लागि बाटोमा ‘अन द वे’ छ, बाँकी...