धनकुटा : असिना पानीले तरकारी बालीमा पुर्‍याएकाे क्षतिकाे विवरण पेस गर्न सूचना जारी

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गएको वैशाख २ गते परेको असिना पानीका कारण तरकारी बालीमा पारेको क्षतिको विवरण पेस गर्न किसानलाई सूचना जारी गरेको छ । गाउँपालिकाको कृषि शाखाले पाँच दिनको समय सीमा तोकेर असिना पानीबाट भएको क्षतिको फोटोसहितको विवरण बुझाउन सबै वडामा सूचना प्रवाह गरेको शाखाका प्रमुख मिलन कार्कीले बताउनुभयो । असिना पानीले बाली नष्ट गरेसँगै गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठको नेतृत्वमा क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।  अहिलेसम्म गाउँपालिकाको वडा नं. ६ मजुवा, ना...

सम्बन्धित सामग्री

म्याग्दीमा तेस्रो पटक भीषण असिना, हिउँदे बाली नष्ट

म्याग्दी । म्याग्दीमा चैत महिना लागेसँगै ३ पटकसम्म भीषण असिना पर्दा खडेरीबाट बचेकाे हिउँदे बाली समेत नष्ट भएकाे छ । उत्तरी म्याग्दीमा शुक्रबार परेको असिना पानीले खडेरीबाट बचेकाे हिउँदे बाली, तरकारी र फलफूल बाली नष्ट गरिदिएको हाे । ५ महिनापछि भएको हिउँदे वर्षासँगै असिना परेपछि किसानहरु रुनु न हास्नुको अवस्थामा पुगेका छन् । लामो खडेरीपछि […]

डोटीमा परेको असिना पानीले गहुँ लगायतका बालीमा क्षति

डोटी – डोटीमा गएराति परेको असिना पानीले ठूलो मात्रामा गहुँ लगायतका बालीमा क्षति पुर्‍याएको छ । ठूलो असिना पर्दा गहुँ, जौँ, मुसुरो, तोरी तथा तरकारी खेतीका साथै फलफूल खेतीमा क्षति भएको किसानहरु बताउछन् । बाली पाकेर भित्र्याउने समय हुनै लाग्दा परेको असिनाले बालीमा क्षति पुर्‍याउँदा किसान चिन्तित भएका स्थानीयवासी भरतबहादुर विकले बताउनुभयो । उहाँका अनुसार असिना पानी जिल्लाका नौवटै पालिकामा क्षेती गरेको भए पनि सबै भन्दा धेरै क्षति बोगटान फुड्सिल गाउँपालिकामा भएको छ । यसैगरी सुन्तलाक...

ठुलोलुम्पेकमा असिना र पानी, किसानको बाली नष्ट

अविरल वर्षासँगै आएको असिनाले गुल्मीको सत्यवती गाउँपालिका ३, ठुलोलुम्पेक गाउँका किसानहरूको खेतीपातिमा क्षति पुर्याएको छ । बुधबार दिउँसो वर्षासँगै आएको असिनाले ठुलोलुम्पेक गाउँका किसानले लगाएको खेतीमा ठूलो क्षति पुर्याएको हो । असिना–पानीले स्थानीय इन्द्रबहादुर विकको पूर्णिमा अर्गानिक कृषि तथा पशुपंक्षी फर्मको तरकारी खेती नष्ट भएको छ । त्यहाँ करिब पाँच लाख बराबरको क्षति भएको उनले बताए । विकका दर्जनौ कुखरा समेत मरेका छन् । त्यस्तै असिनाले अन्य कृषकहरुले लगाएका तरकारी र गहुँ खेतीमा क्षति पुर्या

असिना पानीले कास्कीमा हिउँदे तरकारी र तोरीमा बढी क्षति

काठमाडौँ – पोखरासहित कास्कीका विभिन्न क्षेत्रमा आइतबार परेको भीषण असिना–पानीका कारण हिउँदे तरकारी तथा तोरी बालीमा क्षति पुगेको छ। असिना–पानीले १५ देखि २० लाख रुपैयाँ बराबरको तरकारीबाली तथा तोरीमा क्षति गरेको प्रारम्भिक आँकलन कृषि ज्ञान केन्द्र कास्कीले गरेको छ। केन्द्रका प्रमुख शालिकराम अधिकारीका अनुसार आइतबार दिउँसो करिब १५ मिनेट परेको भीषण असिना–पानीले अन्नपूर्ण र माछापुच्छ्रे […]

डोटीमा असिनाले तरकारी र हिउँदेबाली नष्ट

डोटी । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार र मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मुला, प्याजलगायत साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् । बेमौसमी वर्षा र असिनाका कारण लाखौं मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार–४ […]

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमवार तथा मंगलवार परेको असिनाले यहाँका कृषकले लगायका काउली, टमाटर, मुला, प्याज लगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्‍याएपछि किसानहरु चिन्तित बनेका छन् । बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार गाउँपालिका–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘असिनाले फुलेर कोसा लागेको तोर...

असिना पानीले तरकारी र हिउँदेबाली नष्ट

बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदे बालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् ।बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदे बालीमा नोक्सानी गरेको बडिकेदार–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताए । उनका अनुसार असिनाले हिउँदे आलु, गहुँ र जौँका बोटमा नोक्सानी पुर्याएको छ । यसैगरी भित्र्याउन

हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति

जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ । उनका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै गरेका अनार, आरुवखडा, अमिलो, सुन्तला, आँप, मौसमी, जुनारमा बढी क्षति पु¥याएको छ । यसैगरी अदुवा, प्याजलगायतका अन्य बालि...

असिनाले तरकारी बालीमा क्षति

धनकुटा   बिहिबार र शुक्रबार परेको असिना पानीको कारण धनकुटाको तरकारी पकेट क्षेत्र छथरजोपाटी गाउँपालिको सिंधुवा, सल्ले, मजुवा, नाम्जाङ्ग र महालक्ष्मी नगरपालिकाका विभिन्न क्षेत्रमा एक हजार २ सय १० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट भएको छ । छथरजोपाटी गाउँपालिकाका विभिन्न वडामा लगाइएको तरकारी बाली पूर्णरुपमा सखाप भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन […]

असिनाले धनकुटा र तेह्रथुममा करोडौंको तरकारी नष्ट

धनकुटा : असिनाले धनकुटा र तेह्रथुममा करोडौं रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको छ। बिहीबार साँझ परेको असिनाले धनकुटा र तेह्रथुमको उत्तरी भेगमा तीन फिटसम्म बाक्लो असिना जमेको छ।असिनाले तरकारी बालीमा ठूलो क्षति पुगेको धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका किसान मेघेन्द्र गुरुङले बताए। असिना पानीले धनकुटामा मात्र करिब १३ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट गरेको गुरुङले बताए।तीव्र हावाहुरीसँगै परेको असिनाले किसानको अन्नबालीमा समेत असर पुर्‍याएको छ। असिनाले छथर जोरपाटी-६ को पुरै