डोटी – डोटीको बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमवार तथा मंगलवार परेको असिनाले यहाँका कृषकले लगायका काउली, टमाटर, मुला, प्याज लगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् ।
बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार गाउँपालिका–४ का स्थानीयवासी बमबहादुर पनाडीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘असिनाले फुलेर कोसा लागेको तोर...