नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध रिटको पेशी तोकिएको छ ।
यसअघि आइतबार र सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको थियो । एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्च रिट दायर गर्नुभएको थियो ।