काठमाण्डाै – प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादमा आजदेखि अन्तिम सुनुवाइ शुरु हुँदैछ । सर्वोच्च अदालतमा आज (मंगलवार)देखि आईजीपी बढुवा विवादको अन्तिम सुनुवाइ हुन लागेको हो ।
गएकाे वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिक आदेश जारी गर्न अस्वीकार गरेको थियो । त्यही इजलासमा नै अन्तरिम सुनुवाइ जेठ १७ गते मंंगलवारलाई तोकिएको थियो । सरकारले पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो वरियताम...