प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न भन्दै प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले कार्यदल गठन गरेको छ । पूर्वमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गठन गरिएको कार्यदलमा पूर्वमन्त्री जीवन घिमिरे, जगदिश कुसियैत, उषाकला राई तथा सांसद अर्जुन राई रहेका छन् । नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रदेशको नाम नराख्ने कुराचाहिं हामी सबै सांसदको लागि जनताको आलोचनाको विषय बन्नसक्छ । यो ५ वर्षे कार्यकालभित्र कुनै पनि हालतमा नाम राख्नुपर्छ भनेर छलफल चल्यो, यो