काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका ११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेशनको निर्माण झन्डै ८० प्रतिशत सकिएको छ । सबस्टेशन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका निर्माणाधीन सबस्टेशनको मुख्य सिभिल संरचनाको काम अन्तिम चरणमा छ । 'ग्यास इन्सुलेटेड सबस्टेशन (जीआईएस)' प्रविधिमा आधारित सबस्टेशनका धेरैजसाे उपकरणहरू निर्माण स्थलमा ल्याइसकिएको छ । अब ती उपकरण जडान गर्नमात्र बाँकी छ । सबस्टे...