सोच्दै नसोचेको विकास भएको भन्दै देवचुलीवासी खुशी

अहिले उक्त वडामा बिजुली, शिक्षा र खानेपानीको पहुँच पुगेको छ । केही वर्ष अघिसम्म आधारभूत शिक्षा लिन घण्टौ हिड्नुपर्ने बाध्यता अहिले हटेको छ । ग्रामीण क्षेत्रमा सडक सञ्जाल जोडिएपछि सो क्षेत्रमा उत्पादन हुने र बजार पनि पाउन थालेको स्थानीयको भनाइ छ ।

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकको नयाँ निक्षेप योजना

काठमाडौं– कामना सेवा विकास बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । पारिवारीक सम्बन्ध मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुशी र आफ्नोपन सञ्चार गर्न बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक गरेको हो । पछिल्लो समय आफन्त र पारिवारिक सम्बन्धको महत्वलाई लिएर विभिन्न पर्व, उत्सव तथा दिवसमा उपहार दिने प्रचलन बढेकोमा यस्ता उपहार कुनै अफ्ठेरो […]

युवा चिकित्सक झाको उम्मेदवारीले क्षेत्रवासी खुशी, घरदैलामो उत्साहजनक सहभागिता

काठमाडौं, २३ असोज । प्रसिद्ध छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्न कुमार झाले धनुषाको ३ को “क” बाट उम्मेदवारी दर्ता गराएसँगै सो क्षेत्रका वासिन्दाहरु खुशी भएका छन् । चिकित्सा पेशाबाट सिधै राजनीतिमा हाम फालेका डा. झाको उम्मेदवारीसँगै सो क्षेत्रका जनताले आफ्नो क्षेत्रको विकास हुने विश्वास लिएका छन् । झाले प्रदेश सभामा जनमत […]

मतदानपछि पौडेलले भने– प्रशन्न छु, खुशी छु

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफुले चाहेका उम्मेदवारलाई मतदान गर्न पाएकोमा खुशी लागेको प्रतिक्रिया दिएका छन् । शुक्रबार स्थानीय तह निर्वाचन सदस्यमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदै नेता पौडेलले ‘निर्वाचन लोकतन्त्रको सुन्दरतम अभ्यास’, भएको बताए । उनले निर्वाचनबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्न चाहेको भन्दै जनता र जनप्रतिनिधिवीचको सम्बन्धलाई जीवन्त बनाएर देशलाई संविधानले परिकल्पना गरेबमोजिम विकास, सम्मृद्धि, न्याय र समाजवादतर्फ अघि बढाउन चाहेको ब

खुशी आँकडामा होइन, आँगनमा खोजौं

आयमूलक व्यस्तता नै जीवनमा सबैभन्दा ठूलो खुशी हो । असन्तुष्टिको उल्टो अवस्था खुशी होइन । असन्तुष्टि दुःखको मूलकारण हो विवाद छैन तर सन्तुष्टि त्यो भन्दा खतरनाक तत्त्व हो । खुशीलाई सन्तुष्टिको पर्यायवाची नबनाऊँ र बन्न पनि नदिऊँ । सन्तुष्टिका अनेक बाटाहरू हुन सक्छन् तर खुशीको एउटैमात्र बाटो छ । त्यो हो काम, निर्णय र समन्वय । लगानी, उद्यम, निर्यात, व्यापार व्यवसाय, जोेखिम वहन आदिबाट कोही धनी हुन्छ भने समाजलाई पाच्य हुन्छ किनभने उसले कम्तीमा कर तिर्छ । उसले लगानी गरेको, जोखिम लिन सकेको कारणले धनी हुनु सामान्य कुरा हो । हालै विश्वभरमा एउटा स्वतन्त्र समूहले प्रकाशित गर्ने गरेको एक सूचकांकले फिनल्यान्डलाई सबैभन्दा खुशी देश र बुरुन्डीलाई सबैभन्दा दुःखी देशमा सूचीकृत गरेको छ । यस सूचकांकमा नेपाल ८५ औं श्रेणीमा परेको छ । यो तथ्यांक प्रकाशनपछि तुरुन्तै नाप्न थाल्ने हो भने नेपालको श्रेणीमा अझै सुधार आउला जस्तो अवस्था छ । विडम्बना हामी तथ्यांकमा पुलकित छौं त्यसको स्रोतमा होइन । इन्डेक्समा ८५ आए पनि नआए पनि यसपटक दक्षिण एशियाका अरू देशभन्दा नेपालको अवस्था सुधार भएको कारणले यसको चर्चा बढेको छ । सबैतिर हाम्रो हर्षको व्यापक चर्चा भएको छ । परन्तु यो लेखकलाई तुलनात्मक प्रशन्नताभन्दा निरपेक्ष खुशीको खोजी छ जसलाई कसैले डगाउन नसकोस् । हामी ८५ औं नम्बरमा पर्नुपर्ने कारण के थियो । हामी किन ५० वा ३० भित्र किन परेनौं भन्ने चिन्ता गर्नुपर्नेमा ८५ मै गदगद हुनु बाध्यता हो वा कमजारी, कसैले मनन गरेको छैन । नेपाल किन ८५ औं नम्बरमा पर्‍यो त ? आर्थिक साधन तथा कमाइमा असमानता  नेपाली खुशी हुनुको मूल कारण धनको असमान वितरण हो । जुन सामाजिक विभेद वा आर्थिक खाडललाई हामीले आधुनिकताको चश्माबाट हेरिरहेका छौं, त्यसले हामीलाई भित्रभित्र खोक्रो बनाइरहेको छ । एउटा विदेशी प्रोजेक्टमा, एनजीओ वा अन्य कुनै वैदशिक सहयोगको आयोजनामा काम गर्ने समूहले जुन तरीकाले तलब पाएको छ आम नेपाली औसतभन्दा धेरैमाथिको जीवनस्तर बिताइरहेको छ । यसले आम मानिस तनावको अवस्था सृजना गरेको छ । विदेशमा जानेहरूले नेपालमा भन्दा बढी कमाएकाले पनि नेपाली बीच खाडल बनेको हुन सक्छ । पूँजीवादमा कुनै मानिस धनी गरीब हुन्छ त्यसमा कुनै द्विविधा नै छैन । तर, धनी हुनुको कारण पारदर्शी हुनुपर्‍यो । जागीर खाएको कारणले वा राजनीति गरेर अलिकति तालमेल मिलाएको कारणले मात्र कोही करोडपति र कोही गरीब बन्ने अवस्था नआओस् । लगानी, उद्यम, निर्यात, व्यापार व्यवसाय, जोेखिम वहन आदिबाट कोही धनी हुन्छ भने समाजलाई पाच्य हुन्छ किनभने उसले कम्तीमा कर तिर्छ । उसले लगानी गरेको, जोखिम लिन सकेको कारणले धनी हुनु सामान्य कुरा हो । केबल जागीर, दलाली, कमिशन तन्त्रबाट कोही अति धनी हुन्छ भने त्यसले अन्यलाई दुःखी बनाउँछ । त्यसैले राज्यले कसैलाई चलाखी र काकतालीको भरमा धनी बन्ने बाटोहरू खोलिदिनु हुँदैन । लगानीका लागि उत्प्रेरणा देशमा खुशी बढाउने हो भने लगानीका हरेक क्षेत्रमा उत्प्रेरणाको वातावरण हुनुपर्छ । औद्योगिक लगानीमा कुनै प्रकारको व्यवधान घुस कमिशन हुनु हुँदैन । आयकर ऐन २०५८, अन्तःशुल्क ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ ले केही छूट दिएको छ । तर, लगानी प्रक्रिया बढी झन्झटिलो, बीचमा पैसा खोज्ने प्रकृतिको हुनाले देशमा उद्योगको बाटो खुल्दैन । उद्योग खोल्ने व्यक्तिलाई उनीहरूको हितसँग सम्बद्ध बाहेकका अवरोधहरू कहिल्यै खडा गर्नु हुँदैन । उनीहरूको व्यावसायिक योजना वस्तुनिष्ठ छ/छैन भनी सकारात्मक सल्लाह दिनु ठीक हो । तर, अनैतिक द्रव्याभिलाषाले कागज रोकेर लगानी गर्ने विचारलाई बाधित गर्ने प्रवृति राम्रो होइन । लगानीको वातावरण सहज हुनुपर्छ, परियोजना यथार्थपरक हुनुपर्छ । सरकारी नीतिको लाभ उठाएर सस्तोमा ऋण पाउन मात्र प्रस्ताव गरिएका उद्योगलाई भन्दा वास्तवमा काम गर्ने व्यक्ति वा समूहलाई लगानीको अवसर दिनुपर्छ । यदि सरकारले कुनै विशेष उद्योग वा लगानीलाई केही सुविधा दिएको छ भने आम जनताले थाहा पाउने गरी जानकारी सम्प्रेषण गर्नुपर्छ । यसका लागि कुनै निकायलाई विशेष जिम्मेवारी दिएर भए पनि राज्यको सहुलियतबाट कोही अछुतो नरहोस् भन्ने उद्देश्यका साथ खुशीको दरमा वृद्धि गर्न सकिन्छ । कृषि तथा परम्परागत उद्योगलाई प्रोत्साहन कृषिअन्तर्गत खेती, माहुरीपालन, तरकारी, फलफूल यस्ता उद्योग हुन्, जसको अधिकांश प्रकृतिले गरिदिन्छ । तालमेल मिलाउन थोरै समय लाग्छ त्यस्तो उद्योगबाट दिगो खुशी प्राप्त गर्न सकिन्छ । कानूनहरूलाई कृषिमैत्री बनाउँदै लगेर छुट्टै प्रकारको जोखिमरहित खुशीको वृद्धि गर्न सकिन्छ । प्राविधिक र इन्जिनीयरिङमा बढी आधारित छिटो प्रविधि परिवर्तन हुने उद्योगबाट लाभ लिन कठिन हुन्छ । बहुराष्ट्रिय कम्पनीका प्रोडक्टलाई विस्थापन गर्न नसक्ने उद्योगका लागि बढी जोड दिने हो भने लामो समयसम्म कर्मशील वर्गलाई भित्री रूपमा सम्पन्न गराउन सकिन्छ । शासनमा न्याय देशमा खुशी कानूनले होइन न्यायले प्रदान गर्ने गर्छ । कानून कडा न्याय फितलो भयो भने जनताबाट खुशी भाग्न थाल्छ । त्यसैले खुशीको आँकडालाई अझै सुधार गर्नुछ भने निःसन्देह पदमा बस्नेहरू निष्पक्ष हुन सक्नुपर्छ । देखिने गरी नागरिकमाथि अन्याय हुनु हुँदैन । कुनै पदमा सार्वजनिक रूपमा विज्ञापन गरिन्छ भने त्यसमा आफूले प्रोजेक्ट गरेको उम्मेदवार कुनै कारणवश अयोग्य भएमा विज्ञापन नै खारेज जस्तो संकस्ण चिन्तनले देशमा कहिल्यै विकास हुँदैन । विज्ञापन गर्नु भनेको सम्पूर्ण नागरिकलाई एकहदसम्म समान अवसर दिनु हो । त्यसैले सार्वजनिक रूपमा नागरिकमा हताशा आउने गरी विज्ञापन खारेज गर्ने जस्ता अपराध नगरौं र कसैलाई आरोप यस कारण नलगाऊँ कि ऊ अरू कसैले नियुक्त गरेको हो । मानिसको मूल्यांकन उसले दिने परिणामका आधारमा गरौं । त्यसैले आँकडामा खुशी मुलुकमा परेको भन्दै मख्ख पर्नुको अर्थ छैन । वास्तविक खुशी हुन सक्नु नै समृद्धिको आधार हो । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यायन गर्छन् ।

सबै नेपालीको मुहारमा खुशी ल्याउन सकोस्ः प्रधानमन्त्री देउवा

काठमाडौं, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीको मुहारमा खुशीको कामना गरेका छन् । आज विजयी दशमीको अवसरमा भिडियो सन्देशमार्फत् उनले बडा दशैंले सबै नेपालीमा खुशीको कामना गरेका हुन् । बडा दशैंले सबै नेपालीको मुहारमा खुशी ल्याउन सकोस्, प्रधानमन्त्री देउवाले सन्देशमा भने, ‘बडा दशैं आपसी भाइचारा, सदभाव र मित्रवद सम्बन्ध विकास गर्ने अवसर हो […]

विकास बोर्डमा कलाकारको खोजी, हल खुल्दा के खुशी छैनन् स्टार ?

मंगलबार चलचित्र विकास बोर्डमा आयोजना भएको एक कार्यक्रममा कलाकारको रुपमा नायक भुवन केसी मात्र सहभागी भए । चलचित्र विकास बोर्डका अध्यक्षदेखि चलचित्र कलाकार संघका अध्यक्षसम्मले अधिकांश चलचित्रकर्मीलाई कार्यक्रममा आउनका लागि आग्रह गरे । तर, नायक भुवन केसीसँगै चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधी मात्र कार्यक्रममा पुगे । असोज २१ अर्थात बिहिबारबाट देशभरका हल संचालनमा ल्याउने तयारी […]

अनुसँग सबिनको ‘खुशी साटौं, जुनी काटौं’

काठमाडौं– सरगम राईको स्वर, शब्द र संगीत रहेको गीत ‘खुशी साटौं, जुनी काटौं’को भिडियो सार्वजनिक भएको छ । सुदिता राईको समेत स्वर रहेको गीतमा सबिन लिम्बुको एरेञ्ज र मिन विष्टको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा सबिन श्रेष्ठ र अनु शाह फिचर्ड छन् । सोनाम पाख्रिन निर्देशित भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन छ […]

नेपाल दक्षिण एसियाकै खुशी देश !

काठमाण्डाै – नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो ।सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा थियाे । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको थियो । राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूच...

संसद विघटन हुँदा कोही खुशी छैनौः प्रभु साह

जनकपुर । कामचलाउ सरकारका शहरी विकास मन्त्री प्रभु साहले संसद विघटन गरेर कोही खुशी नभएको बताएका छन् । मङ्गलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।  मन्त्री साहले संसद विघटन आफैमा आत्मघाती रहेको बताए ।उनले भने– ‘केही नेता संसद विघटनलाई असंवैधानिक र प्रतिगमन भन्छन्, हामी आफै पनि संसद विघटनबाट खुशी छैनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीजी समेत खुशी छैनन्’ साहले अघि थप्दै भने, ‘हामीले पाँच वर्षका लागि जितेका हौ भने तीनै वर्षमा छा